८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

थापाथलीको अनधिकृत संरचना हटाउन काठमाडौं महानगरले माग्यो गृहको सहयोग

थापाथलीको अनधिकृत संरचना हटाउन काठमाडौं महानगरले माग्यो गृहको सहयोग
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित अनधिकृत संरचना हटाउन आवश्यक सहयोग गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

बुधवार महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले गृह मन्त्रालयलाई नदी किनारमा अनधिकृत रुपमा बनेको संरचना हटाई त्यस क्षेत्रको संरक्षण एवम् सौन्दर्यकरण गर्ने कार्यमा सहयोग एवम् समन्वयका लागि अनुरोध गरेका हुन् ।

थापाथलीस्थित वागमती नदी किनामा अनधिकृत रुपमा बनेको संरचना हटाई त्यस क्षेत्रको संरक्षण एवम् सौन्दर्यकरण गर्ने कार्य तत्काल अगाडि बढाउन वागमती सभ्यता एकीकृत विकास परियोजनाबाट अनुरोध भएको र सो क्षेत्र खाली गराउन महानगरबाट आवश्यक सबै समन्वय र प्रयास गर्दा पनि सफल हुन नसकेको अवस्थालाई ध्यानमा राखेर महानगरले गृह मन्त्रालयलाई पत्राचार गरेको उक्त पत्रमा उल्लेख गरेको छ ।

‘विशेष गरी थापाथलीस्थित अनधिकृत संरचना हटाइ त्यहाँ सौन्दर्यकरणको कार्य तत्काल सुरु गर्र्ने कार्यक्रम रहेकोले सो संरचना हटाउन आवश्यक सहयोग एवम् समन्वयका लागि अनुरोध गरिन्छ’, पत्रमा भनिएको छ ।

केही समय अघि मात्र सो क्षेत्रमा महानगरले अनधिकृत संरचना हटाउन खोज्दा स्थानीय विरोधमा उत्रेपछि झडप भएर विवाद भएको थियो ।