२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोटेश्वर पुगेर नेपाललाई बस्नेतले भने – एमालेमै फर्किनुस्



अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेत बीच भेटवार्ता भएको छ । अध्यक्ष नेपाल निवास कोटेश्वरमा दुई नेताबीच भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा नेता बस्नेतले अध्यक्ष नेपाललाई एमालेमै फर्किन आग्रह गरेका थिए । बस्नेतको आग्रहलाई अध्यक्ष नेपालले सकरात्मक रुपमा लिएको स्रोतले बतायो ।

अध्यक्ष नेपालसँगको भेटवार्तामा नेकपा एसका सचिव मेटमणि चौधरी पनि सहभागी थिए । एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड एक ठाउँमा उभिएपछि अध्यक्ष नेपाललाई पनि फर्काउन दुबै पक्षका दोस्रो तहका नेताहरु प्रयासरत छन् ।

यसैबीच आज बिहानको भेटमा प्रचण्डले आफू नेतृत्वको सरकारमा आउन अध्यक्ष नेपाललाई आग्रह गरेका थिए । एमाले नेताहरू ओली र माधव नेपालबीच भेट गराई संवाद गराउन लागिपरेका छन् ।