८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत लिन नै कठिन छः काँग्रेस नेता विश्वकर्मा

दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत लिन नै कठिन छः काँग्रेस नेता विश्वकर्मा
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत लिन नै कठिन हुने दावी गर्नु भएको छ ।

काँग्रेस जस्तो लचिलो पार्टीलाई त मिलाएर जान नसक्ने प्रधानमन्त्री दाहालले ७ वटा राजनीतिक पार्टीहरुलाई मिलाएर विश्वासको मत लिन कठिन हुने उहाँको तर्क थियो । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता विश्वकर्माले ३० दिन भित्र विश्वास मत लियो भने दाहाल नेतृत्वको सरकार २ वर्षसम्म चल्ने अनुमान समेत गर्नु भयो ।

संघीयतानै नचाहिने राष्ट्रिय स्वतन्त्र पार्टी, राजा आउ भन्ने राप्रपालगायतका राजनीतिक दलहरु रहेको वर्तमान गठबन्धन सरकार टिक्न गाह्रो हुने पनि उहाँले बताउनु भयो । नेता विश्वकर्माले भन्नु भयो, ‘अव उहाँसँगको सिट संख्याले अहिले त १६९ पुगेको छ । तर त्यो १६९ को आधारहरु हेर्ने हो भने सात वटा दल छन । ७ वटा दलको दावी त बाहिर आएकै छैन । त्यो दावी सुन्नै पाएका छैनौं । भर्खरै सुने–राष्ट्रिय प्रजातन्त्र पार्टीले हाम्रा पनि केही सर्तहरु छन । ती सर्त पूरा हुने लक्षण देखिएमात्रै सरकारमा जान्छौं । उहाँहरुको राजा आऊ, देश बचाऊ होला । यसैगरी फेरी राष्ट्रिय स्वतन्त्र पार्टी त सरकारमा गईहाल्यो । अव उहाँहरुले प्रदेशमा उम्मेदवारी उठाउनु भएको छैन । किनभने उहाँहरुलाई प्रदेश सरकारप्रति विश्वास छैन ।

संघीयताप्रति भरोसानै छैन । यत्रो ८÷९ सय सांसद कहाँ पाल्न सकिन्छ ? भन्ने चिन्ताले मैले त्यतातिर उम्मेदवारी नदिएको रवि लामिछानेले भन्नु भएको छ । यसको अर्थ उहाँलाई संघीयताप्रति विश्वास छैन । राप्रपालाई गणतन्त्रप्रति विश्वास छैन । अनि अरु दलहरुपनि त्यस्तैत्यस्तै क्षेत्रीय दलहरु छन । अव ती सबै दलहरुलाई मिलाएर लिएर जानलाई यसको जिम्मेवारी त फेरी पनि प्रचण्डजीमै जान्छ । प्रचण्डजीले आफूलाई केन्द्रमा राखेर काँग्रेस जस्तो लचिलो पार्टी त मिलाउन सक्नु भएन भने यी सबै दलहरु कसरी मिल्लान ?र, मिलेनन् भने हामीले चाहेको राजनीतिक स्थायित्व आउँछ कि आउँदैन ? राजनीतिक स्थायित्व आउनलाई निकै कठिन छ । त्यसैले मलाई यो ३० दिन भित्र विश्वासको मत लिनुपर्ने परिस्थिति हाम्रो संविधानले सुनिश्चित गरेको छ । ३० दिन भित्रको विश्वासको मतसम्म यो सरकार कसरी पुग्छ ? त्यसैले ३० दिन कट्यो भने सरकार राम्ररी २ वर्ष जान्छ ।

यो सरकार पनि ३० दिन बाँच्यो भने यसलाई केहीले छुनेवाला छैन २ वर्षसम्म । त्यसकारण मलाई कहाँ लागेको छ भने अव सुरु हुन्छ । हिजो त आकस्मिक रुपले गठबन्धन तोडनु थियो, तोडियो । त्यसमा प्रचण्डजीको महत्वकांक्षालाई सबैले साथ दिएकै हो । आईहाल्यो गरिदिऊ भन्ने कुरा हो । ओलीजीलाई पनि गज्जब भो । जो मान्छे भाँडभैलो मच्चार बालकोटबाट निस्केको थियो । त्यो मान्छे खात्राकखुत्रुक परेर शरण परेपछि म भएपनि त्यही गर्थे । उहाँले त्यही गर्नु भयो । तर प्रचण्डजीको बारेमा भने समस्या हुन्छ ।’नेता विश्वकर्माले प्रधानमन्त्री दाहाललाई गठबन्धन अड्याएर अघि बढन मुस्किल हुने पटकपटक दोहो¥याउनु भयो ।

कार्यक्रममा बोल्दै सत्तारुढ नेकपा (एमाले)का सांसद सूर्य थापाले संवैधानिक, कानुनी र राजनीतिक सबै हिसावले सत्तारुढ गठबन्धनको सरकार बनेको र यो सहज ढंगले अघि बढने बताउनु भयो । उहाँले पार्टीले आवश्यक ठाने आफू पनि सरकारमा जान योग्य रहेको समेत बताउनु भयो ।

सांसद थापाले भन्नु भयो, ‘यो गठबन्धन बन्नु स्वभाविक हो, बाध्यात्मक हो भन्ने मेरो मान्यता हो । सरकार बन्यो राजनीतिमा । राजनीतिमा असम्भव समिकरण बन्छ, अहिले बन्यो । तर, नेपालको संविधान बमोजिम भएको दोस्रो आवधिक निर्वाचनबाट आएको प्रतिनिधिसभाको संरचनामा हामीले चाहेर अथवा गठबन्धनले चाहेर यस्तो भएको होइन । कुरा पुरानो गठबन्धनले चाहेर यस्तो भएको होइन । संविधान अनुसार सात पार्टीको यो सरकार बनेको छ । जनताको बीचमा पुगेका सबै पार्टीहरु हुनुहुन्छ नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चाबाहेक सबै हुनुहुन्छ । राष्ट्रपतिको आह्वान भएबमोजिम देशले सरकार पाएको छ । यो संवैधानिक, कानुनी र राजनीतिक प्रक्रियाबाट गठबन्धन भएको छ ।’

अर्का सत्तारुढ माओवादी केन्द्रका नेता दिनानाथ शर्माले आफूहरुले मिलेर सरकार चलाउने बताउनु भयो । उहाँले विगतमा फुट आएपनि अव मिलेर अघि बढने गरी जनादेश आएकाले सोही अनुसार आफूहरु अघि बढनुपर्ने अवस्था रहेको पनि बताउनु भयो । नेता शर्माले भन्नु भयो, ‘हामी फुट्यौ, झगडा पनि गर्यौँ । अव मिलेर जान्छौं । मिल्छौं । विगतको आत्मसमिक्षा गरेर अघि बढछौं ।’

नेता शर्माले नेपालमा राजनीतिक दलहरु फुटको चरणबाट अघि बढेको उल्लेख गर्दै अव एकतावद्ध भएर अघि बढनुको विकल्प नरहेको बताउनु भयो ।