२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यविपरीत खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न गृह मन्त्रालयको निर्देशन



file
अ+ अ-

काठमाडौँ । विभिन्न व्यक्तिको सुरक्षामा कार्यविधि विपरीत खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि मन्त्रालयले दुवै सुरक्षा निकायलाई सुरक्षा कार्यविधि विपरीत खटिएका जनशक्तिलाई फिर्ता बोलाउन निर्देशन दिएको हो ।

विशिष्ठ व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ अनुसार बहालवाला तथा पूर्व निश्चित पदाधिकारीहरुलाई मात्रै सेना, प्रहरी र सशस्त्रका अंगरक्षक, सवारी, इन्धनसहितको सुविधा तोकिएको भए पनि सत्ता र शक्ति रहेकाले पहुँचका आधारमा उक्त कार्यविधि मिचेर यस्तो सुविधा दुरुपयोग गर्दै आएका छन् ।

प्रहरी र सशस्त्रका सुरक्षाकर्मी दुरुपयोग गर्ने गृहमन्त्रालयका कर्मचारी पनि संलग्न रहेको बताइएको छ । गृहका कर्मचारीले कार्यविधिले निश्चित गरेको मापदण्ड विपरीत अंगरक्षक र चालक लिएको बताइन्छ ।