८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

शुद्ध नश्लका गाई नेपालमा ल्याएर किसानलाई वितरण

शुद्ध नश्लका गाई नेपालमा ल्याएर किसानलाई वितरण
अ अ+ अ-

काठमाडौँ । दक्षिण कोरियाबाट शतप्रतिशत शुद्ध नश्लका गाई नेपालमा किसानहरुलाई वितरण गरेको छ ।

हेफर ईन्टरनेशनल नेपालको पहलमा नेपाल सरकारको स्वीकृतिमा हेफर कोरियाबाट शतप्रतिशत शुद्ध नश्लका गाई नेपालमा ल्याएर कमलामाई नगरपालिका सिन्धुलीका किसानलाई वितरण गरेको हो ।

दक्षिण कोरियाबाट दुई पटक गरेर होलिस्टिन फ्रिजनका ६ वटा बाच्छा र ५७ वटा कोरली गाई गरी ६३ वटा कोरली गाई र बहर नेपाल ल्याएर वितरण गरिएको हो । हेफरका अनुसार अझै होलिस्टिन फ्रिजनका २२ वटा कोरली गाई आउन बाँकी रहेको बताएको छ । हेफर कोरियाबाट प्राप्त गाई पौष ७ गते नै कोरिया सरकारको तर्फबाट नेपाल सरकारलाई हस्तान्तरण गरी नेपाल सरकारले पौष ९ गते कमलामाई नगरपालिका सिन्धुलीलाई हस्तान्तरण गरी गाई सिन्धुली पु¥याएको छ ।

उत्पादनको हिसावले कोरियाका टप (परीक्षण भएका) २ वटा बहर पनि केही दिनपछि आउने हेफरले बताएको छ । नेपालमा पहिलो पटक शुद्ध नश्लका धेरै गाई आएको हेफरले बताएको छ । हेफर इन्टरनेशनल नेपालका भेटनरी डाक्टर भोला श्रेष्ठले नेपाली स्थानीय गाईलाई बिस्थापित गर्ने नभइ नश्ल सुधार गरी संरक्षण गर्ने उद्देश्यले गाईहरु ल्याएको बताउनु भयो ।

उहाँले दक्षिण कोरियाबाट ल्याएका शतप्रतिशत शुद्ध नश्लका गाई नश्ल सुधारको लागि ल्याएको बताउनु भयो । उहाँले नेपालको स्थानीय गाईको संरक्षण गर्ने काम नेपाल कृषि अनुसन्धान परिषद् पशु सेवा विभागले गरिरहेको बताउनु भयो । उहाँले नेपालमा रहेको ७३ लाख गाई मध्ये करिव २० प्रतिशत मात्रै गाई उन्नत जातका रहेको बताउनु भयो ।

डा.श्रेष्ठले नश्ल सुधारका लागि विदेशबाट गाई ल्याउँदैमा स्थानीय प्रजातिका गाई लोप नहुने बताउनु भयो । उहाँले स्थानीय गाई लोप हुन नदिनको लागि राष्ट्रिय पशु प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्र र पशु सेवा विभागले स्थानीय गाईको अनुवंशिक स्रोतहरुको संरक्षण गरी नश्ल सुधारको काम समेत गरिरहेको बताउनु भयो । उहाँले नेपालमा दुध उत्पादन बढाउन आवश्यक रहेको भन्दै शुद्ध नश्ल भएका उत्पादन क्षमता बढी भएका गाई ल्याएको बताउनु भयो ।

उहाँले दुधको उत्पादकत्व बढाउन वंशानुगत क्षमता तथा आहारा,स्वास्थ्य र पालनपोसनमा भर पर्ने बताउनु भयो । उहाँले कोरियाबाट आएका गाई जेनेटिक रुपमा उच्च उत्पादकत्व भएका बहरलाई न्युक्यलेस हटको रुपमा स्थापना गरेर उत्पादन बढाउने उद्देश्य रहेको बताउनु भयो । उहाँले नेपाली गाईपालक किसानहरुलाई उन्नत नश्लको बहरबाट सिमेन उत्पादन गरेर जन्मने बाच्छाहरु राम्रो हुन्छ भन्ने अपेक्षासहित काम गरिने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपाली स्थानीय गाईको संरक्षण गर्ने काम नेपाल कृषि अनुसन्धान परिषद् पशु सेवा विभागको रहेको छ । नेपालमा भएका ७३ लाख गाईहरुमा उन्नत होस्टल,जर्सी गाईको संख्या २० प्रतिशत रहेको छ । नयाँ प्रजातिका गाईहरु ल्याउँदैमा स्थानीय गाईहरु लोप हुन्छन् भन्ने हुँदैन । पछिल्लो समय अछामी गाई,मुस्ताङका लुलु गाईको संख्या कम हुँदै गएको छ । स्थानीय गाईको संरक्षण राष्ट्रिय पशु प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्रले गरिरहेको छ ।’

‘अनुसन्धान केन्द्र र पशु सेवा विभागले स्थानीय गाईको अनुवंशिक स्रोतहरुको संरक्षणमा काम गरिरहेको छ । पशुपालन गर्दा पशुहरुको आर्थिक रुपमा मूल्य हुनुपर्छ । अहिले डेरी उद्योगहरु चल्न नसक्नुमा उत्पादन लागत बढी हुनु हो । त्यसो भएकाले नेपालमा दुधको उत्पादकत्व बढाउनु छ । दुधको उत्पादकत्व बढाउन वंशानुगत क्षमता हुनुपर्छ ।’

‘आहारा,स्वास्थ्य र पालनपोसनमा भरपर्छ । कोरियाबाट आएका गाई जेनेटिक रुपमा उच्च उत्पादकत्व भएका हुन् । यसलाई न्युकलेस हटको रुपमा स्थापना गरेर उत्पादन बढेर किसानले पाउने सुविधा एउटा छ । हाम्रो मुख्य उद्देश्य भनेको राष्ट्रिय बिल्डिङ कार्यालयहरुले सिमेन उत्पादन गरेर देशभरको गाईमा एआईको लागि पठाउने हो । त्यो सिमेन उत्पादन उच्च बुलबाट हुनुपर्छ । त्यो भए मात्रै गाईहरुको वंश सुधार हुन्छ । तर सिमेन उत्पादन उच्च बुलबाट उत्पादन सिमेनको अभाव रह्यो । कोरियाको गाईले अहिले प्रतिदिन ३२ लिटर रहेको छ ।’

‘नेपालमा पनि त्यो जेनेटिक पुललाई न्युकलेस हटको रुपमा स्थापना गरे अबको लागि गाईको एनएलवीओलाई चाहिने कोरियन साढेहरुलाई कोरियन गाईहरुबाट जन्मेको बाच्छोहरुलाई बिल्डिङ कार्यालय पोखरा र लहानमा लगेर सिमेन संकलन गर्ने र राष्ट्रिय क्याटल हटलाई जेनेटिभ सुधार गर्ने उदेश्यले ल्याएको हो । अहिले १ सय जना किसानलाई दिएर भन्दा हेफरले दीर्घकालिनका लागि सोचेर नेपाली गाईपालक किसानहरुलाई उन्नत नश्लको बहरबाट सिमेन उत्पादन गरेर अब जन्मने सन्ततीहरु राम्रो हुन्छ भन्ने अपेक्षा काम गरिरहेका छौं ।’

डा.श्रेष्ठले नश्ल राम्रो भएको गाई ल्याएर पालनपोषण नेपालमा भएको गाईको भन्दा पनि नराम्रो हुने भन्दै किसानलाई तालिम समेत दिएको बताउनु भयो । उहाँले कोरियन गाई पाल्नको लागि सिन्धुलिका किसानलाई समूहमा आवद्ध गरेर गाई वितरण गरिएको बताउनु भयो । उहाँले किसानहरुलाई उन्नत गाई पाल्ने प्रविधि,स्वच्छ दुध उत्पादन प्रविधि र आहारा व्यवस्थापनको बारेमा तालिम दिएको बताउनु भयो ।

डा. श्रेष्ठले हेफरले कोरियन गाईको हेरचाहको लागि सिन्धुलीमा दक्ष भेटनरी डाक्टर खटाउने बताउनु भयो । उहाँले कोरियाको जानकारहरु पनि ल्याएर प्रभावकारी बताउनु भयो । उहाँले बर्दिबासदेखि बिपी राजमार्ग डेर पकेट एरिया बन्न नसक्ने आधार मानेर,सिन्धुलीका किसानको उत्साह देखेर,नगरपालिकाको प्रविधिक सहयोग र सिन्धुलीबाट तराई र काठमाडौंको बजारमा सहज रुपमा दुध पुग्नसक्ने देखेर सिन्धुली छनोट गरिएको बताउनु भयो । उहाँले सिन्धुली नै सबैभन्दा उपयुक्त नभए पनि किसानहरुको उत्साहको कारण पनि छनोट गरिएको बताउनु भयो ।

गाईहरूलाई आवश्यक पर्ने शुद्ध नश्लको सिमेन (बीर्य) पनि कोरियाबाटै प्राप्त भएको छ । यी गाईहरु क्षमता ८ देखि १६ हजर लिटर प्रतिबेत रहेको जानकारी प्राप्त भएको छ ।