८ पुष २०८२, मंगलवार
,
Latest
प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल भद्रकाली पुनःनिर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डंगोलको भनाइ ‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छः मन्त्री खरेल बागमती प्रदेश सरकारद्वारा अस्पताल अनुगमन अभियान सुरु हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड सरकारमा तीनजना उपप्रधानमन्त्री !



अ+ अ-

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अपरान्ह पद तथा गोपनियताको सपथ लिँदै हुनुहुन्छ । अपराह्न ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई सपथ ग्रहण गराउनुहुनेछ ।

त्यसो त सपथ ग्रहण अघि गठबन्धनमा मन्त्री भागबन्डा मिलाउन बैठक जारी छ। संघीय संसद भवनमा मन्त्रालयबारे सहमति जुटाउन अहिले नेताहरु छलफलमा छन् ।

७ दलको गठबन्धन सरकारको नेतृत्व गरिरहेका प्रचण्डको सरकारमा तीनजना उपप्रधानमन्त्री हुने लगभग पक्का भएको छ ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्रीसहित प्रमुख मन्त्रालय सम्हाल्दै सपथ लिने तयारीमा हुनुहुन्छ ।

यस्तै, सत्ता गठबन्धनको तेस्रो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि उपप्रधानमन्त्रीमा दाबी गरेको छ । पार्टी सभापति रवि लामिछाने उपप्रधानमन्त्री बन्ने पनि लगभग निश्चित भएको स्रोत बताउँछ । लामिछानेले उपप्रधानमन्त्रीसहित गृह र भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरेपनि त्यसमा सहमति जुट्न सकेको छैन ।