२० मंसिर २०८२, शनिबार
,
Latest
निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा स्वास्थ्य मन्त्री डा गौतमद्वारा स्वास्थ्य बिमा सुधार्न छलफल संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपप्रधानमन्त्रीसहित गृह र भौतिक पूर्वाधार मन्त्रालयमा रास्वपाको दाबी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्‍त्र पार्टी (रास्वपा) ले गठबन्धन सरकारमा उपप्रधानमन्त्रीसहित गृह र भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरेको छ ।

पार्टी सभापति रवि लामिछानेले अहिले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसिरहेको सत्ता गठबन्धनको बैठकमा उपप्रधानमन्त्रीसहित गृह र भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गर्नुभएको छ ।

लामिछानेले सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लागेपछि मात्र पार्टीले नाम तय गर्ने जानकारी दिनुभएको छ । प्रतिनिधिसभामा २० सिटसहित चौथो ठूलो दल बनेको रास्वपा गठबन्धन सरकारमा तेस्रो ठूलो दल हो । उसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्दै सरकारमा जाने निर्णय गरेको छ ।