२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहाललाई अमेरिकाको बधाई



फाईल फोटो
अ+ अ-

काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपालको संघीय निर्वाचनमार्फत प्रधानमन्त्री बन्नुभएकामा पुष्पकमल दाहाल प्रचण्ड र उहाँको गठबन्धन सरकारलाई बधाई दिएको छ ।

नेपालस्थित अमेरिकी राजदूतावासले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ, “हामी नेपालसँग सुदृढ र लामो समयदेखिको सम्बन्ध भएकोमा गर्व गर्छौं ।”

साथै अमेरिकाले आर्थिक वृद्धि हासिल गर्न, लोकतन्त्र र मानव अधिकारको सुदृढीकरण जस्ता द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी महत्त्वका विषयहरूलाई प्रवर्द्धन गर्न नेपाल सरकारसँगै उभिन जारी राख्ने बताएको छ ।

नेपालको लोकतन्त्रप्रतिको प्रतिबद्धता विश्वभरका देशहरूका लागि उदाहरण हो भन्दै उसले यसमा संलग्न सबैलाई प्रशंसा गरेको उल्लेख गरेको छ ।

नेपालले आफ्नो लोकतान्त्रिक परम्परालाई अझ गहिरो बनाउन जारी राख्ने विश्वास गर्दै दूतावासले यसमा सहयोग गर्न अमेरिका तत्पर रहेको उल्लेख गरेको छ ।