५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा जुनसुकै गठबन्धनको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुनसुकै गठबन्धनको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने भएको छ । यद्यपि यसको औपचारिक निर्णय भने सो पार्टीको संसदीय दलको बैठकले गर्नेछ ।

आज दिउँसो १ बजे बसुन्धरामा सो पार्टीको संसदीय दलको बैठक बस्दैछ । रास्वपाका एक नेताका अनुसार जसको नेतृत्वमा सरकार बने पनि रास्वपा त्यसमा सहभागी हुनेछ ।

पार्टी अध्यक्ष रवि लामिछाने सरकारमा सहभागी हुने पक्षमा हुनुहुन्छ । सोही विषयमा औपचारिक निर्णय गर्न बैठक बस्न लागेको हो ।

प्रतिनिधिसभामा २० सिट रहेको सो पार्टीलाई सरकारमा सहभागी गराउँदा सत्ता गठबन्धनको स्पष्ट बहुमत नपुगेको अवस्थामा सरकार र संसद्को स्थायित्वमा सहयोग पुग्ने मत नेपाली कांग्रेसभित्र देखिएको छ ।

अहिले सत्ता गठबन्धनमा सरकारको पहिलो नेतृत्व कसले गर्ने भन्नेबारे नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र० बीच छलफल भइरहेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको पहिलो नेतृत्व आफूले गर्नुपर्ने अडान राख्दै आउनुभएको छ भने नेपाली कांग्रेसले पहिलो चरणमा प्रधानमन्त्री र राष्ट्रपति दुवै पद कांग्रेसले पाउनुपर्ने दावी गरेको छ ।