१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

अब भृकुटीमण्डपमै पाइन्छ नेपथ्यको टिकट, गेटैमा आश्रमको स्टल

अब भृकुटीमण्डपमै पाइन्छ नेपथ्यको टिकट, गेटैमा आश्रमको स्टल
अ अ+ अ-

काठमाडौँ । यही पुस १६ गते शनिबार काठमाडौँको भृकुटीमण्डपमा हुने मानवताका लागि संगीत (नेपथ्य लाइभ कन्सर्ट)को टिकट आजबाट भृकुटीमण्डपमै प्राप्त गर्न सकिने भएको छ ।

संगीत पारखीहरुलाई टाढाटाढाबाट टिकट लिन आउनुपर्ने असहज अबस्थालाई मध्यनजर गरी उहाँहरुको सहजताका लागि कार्यक्रम हुने स्थल भृकुटीमण्डपमै टिकट उपलब्ध हुने गरी गेटमै स्टल राखिएको आयोजक मानवसेवा आश्रमका सचिव तथा प्रवक्ता सुमन वर्तौलाले जानकारी दिनुभयो ।

आश्रमले मानवताका लागि संगित भन्ने नाराका साथ गएको मंसिर १६ गतेदेखि पुस १६ गतेसम्म महिनाव्यापी संगीत टुर गरिरहेको छ । आज बुटबलमा र १२ गते पोखराको कार्यक्रम सकेर नेपथ्यको ७० जनाको विशाल टोली यही १६ गते काठमाडौँ आइपुग्ने छ । उक्त कार्यक्रमको तयारी तिब्र पारिएको बर्तौलाले बताउनुभयो ।

गएको मंसिर १६ गते विराटनगरबाट शुरु भई पुस १६ गते काठमाडौँमा आएर समापन हुने उक्त संगीत यात्राले यसपाली मानवता प्रवद्र्धनमा ठुलो टेवा पुर्याउने विश्वास गरिएको छ ।

मानवसेवा आश्रममा आश्रित व्यक्तिहरुका लागि खाना, नाना र छानामा सहयोग जुटाउनुका साथै आश्रमका देशैभरका निर्माणाधीन भवन सम्पन्न गर्न तथा आश्रमको अक्षयकोष निर्माणका लागि सहयोग जुटाउन चर्तिन नेपथ्य व्याण्डसँगको सहकार्यमा आश्रमले उक्त कार्यक्रम गर्न लागेको हो ।

अन्तर्राष्ट्रियस्तरको उक्त लाइभ कन्सर्ट गत मङ्सिर १६ गते विराटनगरपछि मङ्सिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशाला, २२ गते हेटौँडाको भुटनदेवी स्कुलचौर, २५ गते भरतपुरको क्याम्पाचौर, २९ गते नेपालगञ्जको रङ्गशालामा सम्पन्न भइसकेको छ।

यस्तै पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्चमा सम्पन्न भइसकेको र आज ९ गते बुटवलको कालिका मानव ज्ञान मावि सेक्टर २ (रामनगर) मैदानमा आयोजना भएको छ ।

१२ गते पोखराको प्रदर्शनी केन्द्रमा कार्यक्रम सकेपछि १६ गते काठमाडौँको भृकुटीमण्डपमा कन्सर्ट हुनेछ । यसअघिका हरेक कार्यक्रममा पाँच हजारदेखि ६ हजारसम्म मानिसहरुको सहभागितामा उक्त कार्यक्रम भएको थियो । काठमाडौँका लागि भने टिकट रु एक हजार ५०० रहेको छ ।