८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

अनुसन्धान र अभियोजन कर्ताबीच समन्वय हुन जरुरीः का.मु. प्रधानन्यायाधीश कार्की

अनुसन्धान र अभियोजन कर्ताबीच समन्वय हुन जरुरीः का.मु. प्रधानन्यायाधीश कार्की
अ अ+ अ-

काठमाडौँ । कायममुकायम प्रधान्यायाधीश हरिकृष्ण कार्कीले अनुसन्धान, अभियोजन,न्याय निरुपण गर्ने निकायबीचको समन्वय र सहकार्य बिना सुदृढ न्याय प्रणालीको गन्तव्य भेटाउन नसकिने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा भएको सरकारी वकीलहरुको राष्ट्रिय सम्मेलनमा बोल्दै का.मु. प्रधानन्यायाधीश कार्कीले अनुसन्धान अभियोजन,न्याय निरुपण गर्ने निकायहरुको क्षमता प्रभावकारिता तथा त्यस्ता निकायहरुबीचको कार्यगत सम्बन्ध, समन्वय र सहकार्य बिना सुदृढ न्याय प्रणालीको गन्तव्य भेटाउन नसकिने बताउनुभएको हो । उहाँले फैजदारी न्याय प्रणालीलाई विश्वनीय बनाउन यससँग आवद्ध संस्था वा निकायहरुको सक्षता,निष्पक्षता,व्यवसायिकता र जवाफदेहिता अपरिहार्य रहेको बताउनु भयो ।

उहाँले नेपालको फैजदारी कानूनी राज्य बनाउन फैजदारी न्याय प्रशासनको मेरुदण्डको रुपमा रहने सरकारी वकीलहरुको कुशल क्षमता, व्यवसायिकता तथा प्रभावकारी कार्यसम्पादनबाट नै समग्र फैजदारी न्यायप्रणालीले गतिशिलता प्राप्त गर्नसक्ने बताउनु भयो । उहाँले संवैधानिक कानूनी एवम संरचनागत व्यवस्थामा पछिल्लो समय समसामयिक परिवर्तनहरु हुँदै आएको बताउनु भयो । का.मु.प्रधानन्यायाधीश कार्कीले फौजदारी न्यायका आयामहरुमा क्रमसः बिस्तार हुँदै गएको भन्दै धेरै नविनतम विधिशास्त्रिय मान्यताहरु विकसित हुँदै गएको बताउनु भयो ।

उहाँले फैजदारी न्यायका परम्परागत मान्यता, अवधारणा र मापदण्डले मात्रै अबको आवश्यकता सम्बोधन हुने सम्भावना नभएको बताउनु भयो । उहाँले अनुसन्धान र अभियोजनका क्षेत्रमा अन्तर्राष्ट्रिय क्षेत्रमा विकसित स्वीकृत र अवलम्वित मानक तथा मापदण्डका विषयमा ध्यान दिन जरुरी रहेको बताउनु भयो । उहाँले पीडितमैत्री एवम क्षतिपूर्ति सहितको न्याय लगायतका अवधारणाहरु फौजदारी न्याय प्रणालीका अन्तरनिहीत पक्षमा स्थापित हुँदै गएको बताउनु भयो । उहाँले यसले अनुसन्धान तथा अभियोजन गर्ने निकायहरुमा पनि सोही अनुरुपको दृष्टिकोण र क्षमता राख्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘फौजदारी न्याय प्रणालीलाई विश्वसनीय बनाउन यसमा आवद्ध संस्था वा निकायहरुको सक्षमता,निष्पक्षता,व्यवसायिकता र जवाफदेहिता अपरिहार्य रहन्छ । नेपालको फैजदारी कानूनको महत्वपूर्ण भुमिकामा रहेको महान्यायाधीवक्ताको कार्यालय फौजदारी न्याय प्रशासनको मेरुदण्डको रुपमा रहने सरकारी वकिलहरुको कुशल क्षमता व्यवसायीकता तथा प्रभावकारी कार्यसम्पादनबाट नै समग्र फैजदारी न्यायप्रणालीले गतिशिलता प्राप्त गर्नसक्छ ।

सोही भावना अनुरुप संस्थागत सुदृढीकरण तथा सरकारी वकीलहरुको व्यवसायीक क्षमताको विकासको लागि महान्यायाधीवक्ताको कार्यालयबाट महत्वपूर्ण प्रयासहरु हुँदै आएको पनि छ । फौजदारी न्याय प्रणाली सम्बन्धमा हाम्रो आफ्नै अनुभव अभ्यास रहेको छ । त्यसै अनुरुपको संवैधानिक कानूनी एवं संरचनागत व्यवस्था गरी समसामयिक परिवर्तनहरु हुँदै आएका छन् ।

अनुसन्धान अभियोजन,न्याय निरुपण गर्ने निकाय सक्षमता प्रभावकारीता तथा ती निकायबीचको कार्यगत सम्बन्ध समन्वय र सहकार्य बिना सुदृढ न्याय प्रणालीको गन्तव्य भेटाउन सकिँदैन भन्ने लाग्छ । कानून व्यवसायी रहँदादेखि अहिलेसम्मको अनुभव पनि यही रहेको छ । फौजदारी न्यायका आयामहरुमा क्रमसः बिस्तार हुँदै गएको छ । धेरै नविनतम विधिशास्त्रिय मान्यताहरु विकसित हुँदै गएका छन् । फौजदारी न्यायका परम्परागत मान्यता अवधारणा र मापदण्डले मात्रै अबको आवश्यकता सम्बोधन हुने सम्भावना छैन ।

अनुसन्धान र अभियोजनका क्षेत्रमा अन्तर्राष्ट्रिय क्षेत्रमा विकसित स्वीकृत र अवलम्वित मानक तथा मापदण्डका विषयमा समेत त्यतिकै ध्यान दिन जरुरी हुन्छ । पीडितमैत्री एवम क्षतिपूर्ति सहितको न्याय लगायतका अवधारणाहरु फौजदारी न्याय प्रणालीका अन्तरनिहीत पक्षमा स्थापित हुँदै गएका छन् । यसले हाम्रो अनुसन्धान तथा अभियोजन गर्ने निकायहरुमा पनि सोही अनुरुपको सोच दृष्टिकोण मान्यता र क्षमता अपेक्षा गर्दछ ।’

का.मु. प्रधानन्यायधीश कार्कीले फौजदारी न्यायको प्रभावकारी कार्यान्वयको लागि अनुसन्धान र अभियोजन वस्तुनिष्ठ र वैज्ञानिक हुन आवश्यक रहेको बताउनु भयो । उहाँले अनुसन्धान र अभियोजन नै फौजदारी न्यायका आधार स्तम्भहरु भएको भन्दै यसको सुदृढीकरण बिना फौजदारी न्याय सबल र प्रभावकारी बन्न नसक्ने बताउनु भयो । उहाँले फैजदारी मुद्दाहरुको अनुसन्धान र अभियोजनमा समस्या र चुनौतिहरु रहेको बताउनु भयो । कार्कीले अपराध अनुसन्धानमा फौजदारी मुद्दाको विश्वनीयताप्रति आशंका र टिप्पणीहरु हुन थालेको भन्दै त्यस प्रकारका आशंका र टिप्पणीहरुलाई इन्कार गर्न नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ फौजदारी न्यायको प्रभावकारीताको लागि मुलतः अनुसन्धान र अभियोजन वस्तुनिष्ठ र वैज्ञानिक हुन आवश्यक छ । अनुसन्धान र अभियोजन नै फौजदारी न्यायका आधार स्थम्भहरु हुन् । यसको सु्दृढीकरण बिना फौजदारी न्याय सवल र प्रभावकारी बन्न सक्दैन । फैजदारी मुद्दाको आधार पनि त्यसैमा निर्भर रहने हो । हाम्रो सन्दर्भमा फौजदारी मुद्दाहरुको अनुसन्धान र अभियोजनमा समस्या र चुनौतीहरु रहेका छन् ।

खासगरी अपराधको अनुसन्धान वैज्ञानिक एवम् प्रविधिमा आधारित हुन नसकेको वस्तुनिष्ठ अभियोजन हुन नसकेको वस्तुगत अभियोजन र अनुसन्धानमा दोषी उम्कने र निर्दोष व्यक्ति फस्ने गरेको कसुर लागेको व्यक्ति थुन्न अनि सुन भन्ने सोचबाट अझै पनि पूर्ण रुपमा मुक्त हुन नसकेको लगायतका फौजदारी मुद्दाको विश्वनीयताप्रति आशंका र टिप्पणीहरु व्यक्त हुने गरेको पाइन्छ । त्यस प्रकारका सरोकारहरुलाई निरपक्ष रुपमा इन्कार गर्न हुँदैन ।

हामीले हेर्दा कहिले काहीँ सरकारी वकिलबाट अनुसन्धान रोमा अनुसन्धान गर्ने प्रहरीलाई कसैको निर्देशन भएन की अनुसन्धान कर्ताले पालना नगरेको हो की भन्ने अवस्था पनि देखिन्छ । अनुसन्धान र अभियोजन कर्ता बीचको आपसी सहयोग समन्वय र सहकार्यमा विशेष ध्यान जान जरुरी छ । त्यसैबाट फौजदारी कानूनको जग बलियो हुन्छ भन्ने लाग्छ । अनुसन्धान अभियोजनका सुधारका क्षेत्रहरु रहेका छन् । महान्यायाधीवक्ताको कार्यालयबाट त्यो खालका प्रयास भएका छन् ।’

उहाँले अनुसन्धान र अभियोजन कर्ता बीचको आपसी सहयोग समन्वय र सहकार्यमा विशेष ध्यान जान जरुरी रहेको बताउनु भयो । उहाँले अनुसन्धान र अभियोजन कर्ता बीचको आपसी सहयोग समन्वय र सहकार्यमा विशेष ध्यान दिँदा मात्रै फैजदारी कानूनको जग बलियो हुने दाबी गर्नुभयो ।