८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

पर्यटनको विकासका लागि तीन तहकै सरकारले एकतावद्ध भइ काम गर्न आवश्यकः मन्त्री श्रेष्ठ

पर्यटनको विकासका लागि तीन तहकै सरकारले एकतावद्ध भइ काम गर्न आवश्यकः मन्त्री श्रेष्ठ
अ अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन था नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले तीन तहकै सरकारले एकतावद्ध भएर काम गर्नसके मात्रै पर्यटन क्षेत्रको विकास हुने बताउनुभएको छ ।

शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले पर्यटन क्षेत्रलाई व्यवस्थित गर्नसके जिडिपीमा पनि सुधार ल्याउनसकिने बताउनु भयो । उहाँले नेपालमा प्राकृतिक सुन्दरताका पक्षहरु धेरै रहेकाले नेपालले यसको फाइदा उठाउन सक्नुपर्ने बताउनु भयो ।

उहाँले नेपालमा पर्यटकहरुका लागि पर्यटकहरुले चाहेको संस्कृति, कला, सौन्दर्य, प्रकृति र शाहसीक गन्तव्यहरु रहेको स्पष्ट पार्नुभयो । उहाँले पर्यटनको विकासका लागि परम्परागत शैली त्यागरे अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले संघ, प्रदेश र स्थानीय तहको समन्वयतात्मक भुमिकाबाट पर्यटन क्षेत्रको विकास हुन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले पर्यटन क्षेत्रलाई व्यवस्थित गर्नसक्ने हो भने जिडिपीमा पनि राम्रो कन्ट्रिब्युशन गर्नसक्छौँ । रोजगारी पनि सहज ढंगबाट सिर्जना गर्नसक्छौँ । सबै सम्भावना हामीसँग छन् । अरु देशमा आर्टिफिसियल कुराहरु बनाएर पर्यटक आकर्षित गरिरहेका हुन्छन् तर हामीसँग प्राकृतिक कुराहरु नै छन् ।

संस्कृतिमा हामी धनी छौँ, प्राकृतिक रुची राख्नेलाई त्यस्तै राम्रो ठाउँ छ, शाहसीक खेलका लागि पनि धेरै त्यस्ता ठाउँ छन् । हामी अब विगतका परम्परागत शैलीबाट फड्को मार्न सक्दैनौँ । हामी नयाँ संरचनामा प्रवेश गरिसकेका छौँ । आज संघ, प्रदेश र स्थानीय तहको सरकारबाट पर्यटन क्षेत्रको विकास हुन जरुरी छ । केन्द्र, प्रदेश र स्थानीय तहमा एकरुपता, लयवद्ध गर्नसके हाम्रो लक्ष्य अनुसार काम गर्नसक्छौँ ।’

मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणमा सरकारले जोड दिनुपर्ने बताउनु भयो । उहाँले पर्यटकहरुलाई पर्यटनमैत्री वातावरण तयार गर्नुपर्ने आजको आवश्यक्ता भएको बताउनु भयो । मन्त्री श्रेष्ठले निजी क्षेत्रलाई पर्यटनमा लगानी गर्न र विदेशी लगानी ल्याउन कसरी वातावरण तयार गर्ने भन्ने बारेमा सरकारले सोच्नुपर्ने बताउनु भयो । उहाँले पर्यटन क्षेत्रको विकासका लागि हरेक प्रदेशले निजी क्षेत्रको लागनी कसरी बढाउने भन्ने नीति बनाउन आवश्यक रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले पर्यटन क्षेत्रलाई पूर्वाधार निर्माण गर्नेदेखिका कुराहरुमा केन्द्रित गर्न नसके हामीले पर्यटन क्षेत्रको विकास गर्न सक्दैनौँ । पर्यटकहरुलाई पर्यटनमैत्री वातावरण तयार गर्नुपर्छ । निजी क्षेत्रलाई पर्यटनमा लगानी गर्न र विदेशी लगानी ल्याउन कसरी वातावरण तयार गर्ने भन्ने बारेमा सरकारले सोच्नुपर्छ । पर्यटन क्षेत्रको विकासका लागि हरेक प्रदेशले निजी क्षेत्रको लागनी कसरी बढाउने भन्ने नीति बनाउन आवश्यक छ । सरकारले पूर्वाधार तयार गर्नुपर्छ । त्यसपछि लगानी आकर्षित हुन्छ । तीन तहकै सरकारले निजी क्षेत्रको लगानी बढाउने नीति बनाउन आवश्यक छ ।’

नेपाल पर्यटन दशक २०२३ २०३२ को रणनीतिक कार्ययोजना तयार गर्न बनेको विज्ञहरुसहितको कार्यदलले देशैभर बहुपक्षिय पूर्वाधारको विकास गर्ने, पर्यटन क्षेत्रको पुनःउत्थान गर्दै सन् २०२४ सम्ममा पर्यटन आगमनलाई २०१९ को पूर्ववत अवस्थामा पु¥याउने, पर्यटन आगमन प्रतिवर्ष १५प्रतिशतको वृद्धि गरी सन् २०३२ सम्म संख्या ३५ लाख पु¥याउने, आगामी १० वर्षभित्र पर्यटन क्षेत्रमा १० लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ ।

साथै प्रति पर्यटक प्रतिदिन खर्च ४८ डलरबाट १२५ पु¥याउने, देशको कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदानलाई १० प्रतिशतसम्म पु¥याउने योजना बनाएको छ । संस्थागत सुदृढीकरण, पूर्वाधार स्तरोन्नति, लगानी प्रवद्र्धन, पर्यटन सेवा सुदृढीकरण तथा बिस्तार, पर्यटन प्रवद्र्धन तथा जनसम्पर्क बिस्तार, पर्यटन क्षमता विकास, आन्तरिक पर्यटन प्रवद्र्धन, पर्यटन उपज विकास तथा बिस्तार एवं विविधिकरण, कोभिडपछिको पर्यटन पुनःउत्थान तथा पुनः जागरण गर्दै देशैभर पर्यटन प्रवद्र्धनका लागि प्रादेशिक तथा राष्ट्रिय स्तरका अभियान सञ्चालन गर्ने मन्त्रालयले लक्ष्य लिएको छ ।

जसअनुसार सन् २०२३ मा कार्ययोजना निर्माण तथा योजना तर्जुमा, २०२४ मा वागमती प्रदेशमा पर्यटन प्रवद्र्धनका लागि सांस्कृतिक अभियान, २०२५ मा गण्डकी प्रदेश, २०२६ मा राष्ट्रिय स्तरको अभियान, २०२७ मा लुम्बिनी प्रदेश, २०२८ मा मधेस प्रदेश, २०२९ मा सुदूरपश्चिम, २०३० मा प्रदेश १, २०३१ मा कर्णाली प्रदेश र २०३२ मा पर्यटन प्रवद्र्धनका लागि राष्ट्रिय अभियान सञ्चालन गर्ने बताएको छ ।