५ आश्विन २०८१, शनिबार
,
Latest
महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन् : परराष्ट्रमन्त्री राणा मेयर बालेनले गरे सामुदायिक विद्यालयको अवलोकन : के भने ? (फाेटाेफिचर) एउटै नाउरको सिकार गर्न २३ लाख ! ‘दु:खीलाई दु:खले कहिल्यै नछोड्ने रहेछ’ तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने डेढ करोडभन्दा बढी लागतमा बनेको पशु अस्पताल सञ्चालनमा आएन आज बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना दसैँको टीकाकाे शुभ साइत असोज २६ गते बिहान ११:३६ बजे प्रगति प्रतिवेदन मेयर बालेनलाई बुझाउदै बिदा भए प्रदीप प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान, भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रहीतको मुद्दालाई पहिलो प्राथमिकताः सांसद गौतम



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राष्ट्रहीतको मुद्दालाई पहिलो प्राथमिकता दिएर काम गर्ने बताउनुभएको छ ।

बिहीवार शपथग्रहण प्रश्चात् संघीय संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै सांसद गौतमले यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँले एउटा सांसद मात्रै नभएर राष्ट्रिय स्वतन्त्र पार्टी नै राष्ट्र हीतको मुद्दामा एक भएर राष्ट्रलाई अगाडि बढाउने विषयमा निरन्तर सक्रिय रहने बताउनु भयो । उहाँले आफूहरु कानूनी निर्माण गर्ने ठाउँमा आएकाले हरेक नेपाली नागरिकको जनजीविकाको विषयमा संसदमा आवाज उठाउने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘संसदमा सोविता गौतम मात्रै होइन । राष्ट्रिय स्वतन्त्र पार्टी नै राष्ट्र हीतको मुद्दामा एक भएर राष्ट्रलाई अगाडि बढाउने विषयमा निरन्तर सक्रिय भएर लागिरहने छ । यसरी नै संसदमा देख्नुहुने छ । कानून निर्माण गर्ने ठाउँमा आएका छौं । हरेक नेपाली नागरिकको जनजीविकाको विषयमा वकालत गर्नेछौं । संसदले बनाउने नीति नियमहरु नेपाली जनताको पक्षमा हुने किसिमले काम गर्नेछौं । सरकारमा जाने नजाने विषयमा पार्टीभित्र छलफल हुँदैछन्। प्रश्न छिटो भए जस्तो लाग्छ ।’

उहाँले तत्काल सरकारमा जाने नजाने भन्ने विषयमा पार्टीभित्र छलफल भइरहेको बताउनु भयो ।