२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका रहेको छ ।

कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचत समितिद्वारा सार्वजनिक कार्यतालिका अनुसार आज बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको छ । कार्यतालीका अनुसार दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । संसदीय दलको नेता चयनको लागि बुधबार मतदान हुँदै छ ।

बुधबार बिहान ८ देखि १० बजेसम्म मतदान तालिका छ । संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, महामन्त्री समेत रहनु भएका सासंद गगन थापा र अर्का प्रभाबशाली नेता तथा सांसद शेखर कोईराला आकाक्षी रहनु भएको छ ।