८ पुष २०८२, मंगलवार
,
Latest
प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एमाले प्रतिपक्षमा बस्छ: महासचिव पोखरेल



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले आफूहरु प्रमुख प्रतिपक्षमा बस्ने बताउनुभएको छ ।

आज नेपाल उत्पीडित जातीयमुक्ति समाजको ३५औँ स्थापना दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले जनताले एमालेलाई सरकार गठनको जनादेश नदिएको भन्दै प्रतिपक्षमा बस्ने स्पष्ट पार्नुभयो ।

“एमाले नयाँ जनादेशका लागि पाँच वर्ष कुर्न तयार छ”, उहाँले भन्नुभयो, “अहिलेको जनादेश हाम्रो पक्षमा नरहेकाले पाँच वर्ष प्रतिपक्षमा बस्न तयार छौँ ।”

अहिले पाँच दलीय गठबन्धन सरकार गठनको तयारीमा भएको तर त्यसभित्र पनि कुनै पनि दललाई बहुमत प्राप्त नभएको उहाँको भनाइ छ ।

प्रत्यक्ष निर्वाचनतर्फ दलित समुदायलाई उम्मेदवार बनाएर विजयी बनाउने पार्टीका रुपमा नेकपा एमाले पहिलो पार्टी बनेको उहाँको दाबी छ । कार्यक्रममा गत मङ्सिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित एमालेका उत्पीडित समुदायका १७ सांसदलाई सम्मान गरिएको थियो ।