२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले प्रतिपक्षमा बस्छः पौडेल



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आफूहरु प्रतिपक्षमा बस्ने बताउनुभएको छ ।

आज नेकपा (एमाले)पर्वत–काठमाडौँ सम्पर्क मञ्चले यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “नेकपा (एमाले)अहिले सरकारमा जाँदैन, बरु प्रतिपक्षमा बसेर काम गर्छ ।”

उहाँले पाँच दलीय गठबन्धनले एमालेलाई चौतर्फी घेराबन्दी गर्दा पनि एमालेले जनताको बीचबाट राम्रो मत पाएको बताउनुभयो । उहाँले पर्वतबाट निर्वाचित सांसदहरुलाई जनताको पक्षमा काम गर्न र अहिलेको नतिजाबाट नआत्तिन समेत आग्रह गर्नुभयो ।

प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएको पर्वतमा गत मङ्सिर ४ मा भएको निर्वाचनमा एमाले विजयी भएको थियो । साथै दुवै प्रदेशसभामा पनि एमालेका उम्मेदवार विजयी भएका थिए ।