६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयर कार्कीलाई कुन्तीको जवाफः जनताका समस्या समाधान गर्न सक्नुहुन्न भने राजिनामा दिनुस्



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ एवं हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं २ बाट उम्मेदवार कुन्ती पोखरेलले साँखु—थली सडक निर्माणको काममा स्थानीय जनप्रतिनिधिहरु जिम्मेवारीबाट पन्छिन नमिल्ने बताउनुभएको छ ।

शुक्रवार नेतृ पोखरेलले कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले पत्रकार सम्मेलन गरी विकास निर्माणमा आफूले अवरोध गरेको भनेर झुटो आरोप लगाएको भन्दै जिम्मेवारीबाट पन्छिन खोज्ने जनप्रतिनिधिहरुले पदमा बसिरहन नमिल्ने बताउनुभएको हो । एक दशक बितिसक्दा समेत सडक निर्माण हुन नसकेको भन्दै स्थानीय बासिन्दाले गत मंसिर २२ गतेबाट सडक अवरुद्ध गरेका थिए । त्यसपछिको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कार्कीले पत्रकार सम्मेलन गरी विकास निर्माणमा कुन्ती पोखरेलले अवरोध सिर्जना गरेको आरोप लगाउनुभएको थियो ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेतृ पोखरेलले जनप्रतिनिधिहरुले हरेक पटक बेवास्ता गरिरहेकाले आफूले नागरिकहरुको साथ दिएको बताउनु भयो । उहाँले नागरिकका समस्या समाधान नभएसम्म आफू नागरिसँगै रहने भन्दै नागरिकका समस्या समाधान गर्नुलाई मेयरले अवरोधका रुपमा लिएको भए यस्ता अवरोध बारम्बार हुने चेतावनीसमेत दिनुभयो । नेतृ पोखरेलले नगरप्रमुखसँग स्थानीहरुले बारम्बार सडकका लागि पहल गर्न आग्रह गरेपनि मेयरले बेवास्ता गरेको आरोप लगाउनु भयो । उहाँले सडक नबनेका कारण सडक आन्दोलन गर्नुपरेको भन्दै दबाब नदिकन विकास निर्माणका काम कहिले हुने ? भन्दै प्रश्नसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कागेश्वरी मनोहराको नगरप्रमुखले कुन्ती पोख्रेलको कारणले बन्दै गरेको बाटो अवरुद्ध भयो भन्नुभएको रहेछ । आन्दोलन २२ गतेबाट शुरु भएको हो । त्यहाँका स्थानीय बासिन्दाले आन्दोलन शुरु गर्नुभएको हो । म त्यहाँ जाँदा र उहाँहरुका कुरा सुन्दा आन्दोलनमा बसेर मैले स्थानीयको साथ दिएकी हुँ । १० वर्षदेखि त्यहाँका स्थानीय वासिन्दामा स्वास्थ्यमा ठूलो लापरबाही भइरहेको छ । मेयर साबले विधि, पद्धतिका कुरा गर्नुभयो, ८, १० वर्षसम्म विधि, पद्धति कुरेर बस्ने हो र ? ठेकेदारलाई उहाँले काम अह्राउन किन सक्नुभएन ? हामीले सडक विभाग जानको लागि पटकपटक भनिरहेका थियौँ । तर उहाँहरु भागेर हिँड्नु भयो । हाम्रा कुरा नसुनेपछि हामीले नगरमा गएर ताल्चा लगाउने काम गरेका हौँ ।

विज्ञप्तीमा कुन्ती पोखरेलको कारणले भन्नुभएको छ, सडक अवरुद्ध भयो भनेर । बन्दै नबनेको सडक कसरी अवरुद्ध भयो ? बाटो नबनेको कारणले सडक आन्दोलन गरेका थियौँ । आन्दोलनपछि धुलो उड्न नदिने र अलकत्रा छर्ने काम भयो । यो स्थिति कहिलेसम्म । दबाब नदिकन केही नहुने हो र ? थलीको केसमा उदाहरण नै भएको छ । स्थानीयको समस्यालाई तपाईले बाधा, व्यवधान भन्ने बुझ्नुहुन्छ भने सजग हुनुस् । स्थानीयको दुःख,सुखमा साथ दिन म अघि बढेको छु । स्थानीय समस्यालाई अवरोध ठान्नुहुन्छ भने जनताका समस्या बारम्बार आउँदा कुन्ती पोखरेल हरेक कुरामा अवरोधका लागि खडा हुनेछु । समस्या समाधान गर्ने तपाईको जिम्मेवारी हो । जिम्मेवारीबाट मेयर जनप्रतिनिधि पन्छिन मिल्दैन । जनताको समस्या समाधान गर्न नसक्ने हो भने राजिनामा दिएर गए हुन्छ । तर समस्या समाधान गर्नुपर्छ ।’

समाजसेवीसमेत रहनुभएका पोखरेलले साँखु—थली सडक निर्माणको काममा राजनीतिक दलहरुले पूर्वाग्रह देखाएको आरोपसमेत लगाउनु भयो । उहाँले मेयर कार्कीलाई व्यक्तिगत लाञ्छना र दुष्प्रचार गरी कसैको मानमर्दन नगर्न चेतावनी दिनुभयो ।




भर्खरै