५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पंकजलाई छुटाउन नेहाका ससुराद्वारा मुद्दा दायर



अ+ अ-

काठमाडौँ । दाइजोको निहुँमा घरबाट निकालिएकी नेहा चौधरीका ससुराले आफ्ना छोरा पंकजलाई छुटाउन अदालतमा मुद्दा दायर गरेका छन् ।

ससुरा रामप्रवेश चौधरीले छोरा डा पंकज चौधरीलाई छुटाउन बन्दी प्रत्यक्षीकरण मुद्दा दर्ता गराएका हुन् । घरेलु हिंसा गरेको आरोपमा नेहाले जिल्ला अदालत महोत्तरीमा श्रीमान् पंकजसहित सासू ससुराविरुद्ध मुद्दा दर्ता गराएकी थिइन् । नेहाको मुद्दा दर्ता भएसँगै प्रहरीले पंकजलाई पक्राउ गरी हिरासतमा राखेको छ ।

नेहाले श्रीमान् पंकज, सासूससुरासहित उनका परिवारका छ जनाविरुद्ध घरेलु हिंसा र दाइजोविरुद्धको मुद्दा दर्ता गराएपछि पंकजबाहेक अरु सबै फरार छन् ।

यद्यपि फरार रहेकै अवस्थामा ससुरा रामप्रवेशले छोरालाई छुटा बन्दी प्रत्यक्षीकरण मुद्दा दर्ता गराएका छन् ।