४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

रजनीकान्तसँग जोडिएका १० किस्साहरु, जसबारे धैरैलाई थाहा छैन

रजनीकान्तसँग जोडिएका १० किस्साहरु, जसबारे धैरैलाई थाहा छैन
अ+ अ-

एजेन्सी । आजकै दिन ७२ वर्ष पहिले अर्थात् १९५० डिसेम्बर १२ मा भारतीय सिनेमा जगतका सुपरस्टार थलाइवा अर्थात् रजनीकान्तको जन्म भएको थियो । बैंगलोरको मिसोर राज्यमा गरिब परिवारमा जन्मेका रजनीकान्तलाई छत्रपति शिवाजीको नामबाट शिवाजी राव गायकवाड नाम दिइएको थियो ।

रजनी चार दाजुभाइ सत्यनारायण, नागेश्वर र अश्वथ (बहिनी) मध्ये कान्छा हुन् । दक्षिण भारतभर रजनीकान्तको फिल्म रिलिज हुनु कुनै पर्वभन्दा कम हुँदैन । धेरै कम्पनीमा कर्मचारीलाई बिदा दिइन्छ ।

दर्शकले आफ्नो रकम खर्च गरेर सुपरस्टार रजनीको फिल्म अरुलाई देखाउँछन् । व्यवसाय, घर, श्रीमतीका गहना समेत बेचेर आफ्नै खर्चमा फिल्म देखाउनेको लामो सूची छ ।

रजनीकान्तको फिल्म रिलिज भएको दिन, पहिलो दिन पहिलो शो हेर्नको लागि धेरै फ्यानहरूले आफ्नो ज्यान जोखिममा पार्छन् । रजनीकान्तको बारेमा नराम्रो काम गरेको भन्दै फ्यानले अरुको हत्या समेत गरेको घटना छ । एक पटक रजनीकान्तको फिल्म हेर्दै एक फ्यानले थिएटरमै ज्यान गुमाएका थिए । आज उनको जन्मदिनको अवसरमा उनीसँग जोडिएका रोचक कुराहरुबारे चर्चा गरौँ –

रजनीकान्तलाई बचाउन आत्महत्याको प्रयास
‘राणा’ फिल्मको सुटिङका ​​क्रममा रजनीकान्तको स्वास्थ्य अचानक बिग्रियो । २९ अप्रिल २०११ मा उनलाई एक दिनको लागि अस्पतालमा भर्ना गरिएको थियो । निको भएर फर्किएपछि ५ दिनपछि सास फेर्न गाह्रो भएपछि पुनः आईसीयूमा भर्ना गरिएको थियो ।

रजनीकान्तको स्वास्थ्य अवस्था नाजुक रहेको खबर आएको थियो । उनको मृगौला फेल भएको र मिर्गौला प्रत्यारोपण आवश्यक थियो । उनको स्वास्थ्यलाभको लागि देशैभर यज्ञ गरिएको थियो । उनका फ्यानहरूले घण्टौंसम्म मन्दिरमा पुजा गर्थे ।

यो खबर बाहिर आउनेबित्तिकै रजनीराजा आरोकिसामी नामका ४० वर्षीय फ्यानले मिर्गौला दान गर्न निद्राको चक्की खाएर आत्महत्या गर्ने प्रयास गरेका थिए । फ्यानले रजनीकान्तको मृत्युपछि मृगौला दिन चाहेका थिए । तर, समयमै उनको उद्धार भयो ।

टिकट नपाएपछि फ्यानले मलको माथिल्लो तलाबाट हाम फालेर आत्महत्या
सन् २०१६ मा रजनीकान्तको फिल्म ‘कबाली’ रिलिज भएको थियो । हरेक पटक झैँ भारत बाहेक विदेशमा पनि टिकट पाउन प्रतिस्पर्धा भएको थियो । मलेसियामा एक फ्यानले टिकट नपाएपछि शोकमा परेर मलको माथिल्लो तलाबाट हाम फालेर आत्महत्या गरे ।

रजनीकान्तविरुद्ध बोल्दा फ्यानले गरे हत्या
साउथ कलाकारहरूले कोरोनाको समयमा ठूलो मात्रामा चन्दा दिइरहेका थिए । तमिलनाडुको विल्लुपुरममा बस्ने अभिनेता विजय र रजनीकान्तका फ्यानहरूबीच कसले बढी चन्दा दिने विषयमा विवाद सुरु भयो । बहस यति बढ्यो कि रजनीकान्तका २२ वर्षीय फ्यान दिनेश बाबुले विजयका फ्यान युवराजलाई निर्घात कुटपिट गर्दा युवराजको मृत्यु भयो ।

रजनीकान्तलाई राजनीतिमा ल्याउन आफैंलाई आगो लगाए
रजनीलाई भगवान सरह पुज्ने फ्यान मुरुगेसनले राजनीतिमा प्रवेश गरून् भन्ने चाहन्थे । आफ्नो माग पूरा गर्न ती फ्यानले रजनीको घरबाहिर आगो लगाएर आत्महत्या गर्ने प्रयास गरे । जलेको फ्यानलाई तत्काल अस्पताल लगियो, जहाँ उनको ज्यान बचाउन सकियो ।

कार्यक्रममा रजनीकान्त नआएपछि निराश फ्यानले विष सेवन गरे
रजनीकान्तका फ्यानहरुलाई २००७ मा आफ्नो जन्मदिनको अवसरमा रजनीकान्तले राजनीतिमा प्रवेशको घोषणा गर्ने अपेक्षा गरेका थिए । तर रजनीकान्त आफ्नो व्यस्त कार्यक्रमका कारण चेन्नई छाड्नुपरेको थियो । अयजुमलाई नामका एक फ्यान रजनीकान्तको अनुपस्थितिमा यति दुखी भएका थिए कि उनले विष खाएर आत्महत्या गर्ने प्रयास गरे । यी व्यक्तिले रजनीकान्तको नाममा ठूलो फ्यान क्लब पनि चलाउँछन् ।

रजनीकान्त निको भएपछि फ्यानले १०८ नरिवल तोडे
२०२१ मा रजनीकान्तलाई नियमित चेकअपका लागि अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालबाट डिस्चार्ज हुनेबित्तिकै एक फ्यानले १०८ नरिवल तोडेका थिए ।

रजनीकान्तको फिल्म हेर्न साउथमा बिदाको घोषणा
रजनीकान्तका फ्यानहरुको क्रेज कति सम्म छ भनेर सन् २०१६ मा रिलिज भएको उनको फिल्म ‘कबाली’को रिलिजको दिन साउथका धेरै सहरका कम्पनीहरुले बिदा दिएको थियो । धेरै कम्पनीले आफ्ना कर्मचारीलाई निःशुल्क टिकट समेत वितरण गरेका थिए ।

रजनीकान्तको जन्मदिनमा श्रीमतीका गहना बेचे
रजनीकान्तको फ्यान मणिले आफ्नो जन्मदिनमा भव्य पार्टी गर्न आफ्नी श्रीमतीका सबै गहना बेचे । उनको कथा बाहिर आएपछि श्री. रजनीको डकुमेन्ट्रीमा उनले स्थान पाएका थिए ।

श्रीमतीका गहना बेचेर रजनीकान्तको फिल्म १००० जनालाई देखाइयो
रजनीकान्तको हरेक फिल्म रिलिज हुँदा गोपीले आफ्नो शहरका १००० गरिब मानिसहरूलाई चलचित्र देखाउन चेन्नईमा ल्याउँछन् । उनी रजनीकान्तलाई आफ्नो भगवान मान्छन् । गोपीका अनुसार धेरै वर्षदेखि एक हजार जनालाई फिल्म देखाउन थालेपछि लाखौंको ऋण पनि लागेको थियो । यो ऋण तिर्नका लागि उनले पहिले आफ्नी श्रीमतीका गहना र त्यसपछि घर बेच्नुपर्ने भयो ।

फ्यानहरूले यति धेरै सिक्का फाले कि पर्दा नै च्यातियो
रजनीकान्तको फिल्म ठूलो पर्दामा लागेर उनका फिल्मले पर्व र उत्सवको वातावरण सिर्जना गर्छन् । उनलाई पर्दामा हेरिरहेका फ्यानहरूले उनीमाथि यति धेरै सिक्का हान्न थाले कि सिनेमा हलको पर्दा नै च्यातियो । पछि यही डरका कारण थिएटरमा सिक्का प्रतिबन्ध लगाइयो ।