१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामचलाउ सरकारले अध्यादेश ल्याउनु कुर्सी मोहको पराकाष्ठाः तोसिमा कार्की



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं नवनिर्वाति सांसद डा. तोसिमा कार्कीले कामचलाउ सरकारले रातारात जनघातक अध्यादेश ल्याउन लागेको भन्दै विरोध जनाएकी छन् ।

कार्कीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै कामचलाउ सरकारले अध्यादेश ल्याउनु कुर्सी मोहको पराकाष्ठा भएको बताएकी हुन् ।

देशलाई दुर्घटनाबाट बचाउन नागरिक विरोध आवश्यक रहेको भन्द्र कार्कीले तत्काल यो अध्यादेश सच्याउन तथा खारेज गर्न माग समेत गरेकी छन् ।

उनले भनेकी छन् –

बहुमत पुर्याउनकै लागि कुन हद सम्म जान सक्ने ? अपराधीहरुलाई कारागारसम्म गएर भेट्ने तथा रिहाई गराउन यो कामचलाउ सरकारले रातारात जनघातक अध्यादेश ल्याउने सम्मको निर्लज्ज कुर्सी मोहको पराकाष्ठा १ अनि यहि नेतृत्वबाट हामीले जनताको लागि के अपेक्षा गर्ने ?

विधिको शासनलाई आफू अनुकुल नचाउन दिईनु हुदैन । देशलाई दुर्घटनाबाट बचाउन नागरिक विरोध आवश्यक छ । तत्काल यो अध्यादेश सच्याईयोस् र खारेज गरियोस् गरियोस् !!