४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा

विद्यार्थी सुन्तला बगैँचामा, विद्यालय खाली

विद्यार्थी सुन्तला बगैँचामा, विद्यालय खाली
file photo
अ+ अ-

तनहुँ । व्यास नगरपालिका ११ राम्चेकी १० वर्षीया सोनिका चेपाङ स्थानीय सूर्योदय प्राथमिक विद्यालयको कक्षा ३ मा पढ्नुहुन्छ । तर अहिले सोनिकालाई विद्यालयमा भेट्न सकिदैन । उहाँलाई आजभोलि सुन्तला बगैँचामा मात्र भेट्न सकिन्छ । आमासँगै घर नजिकैको बगैँचामा सुन्तला टिप्न जाने गर्दा सोनिका विद्यालय जान नपाउनुभएको हो । स्थानीय सूर्योदय प्राथमिक विद्यालयमा पढ्ने चेपाङ समुदायका करिब १९/२० विद्यार्थी आजभोलि विद्यालयमा नभइ सुन्तला बगैँचामा भेटिन्छन् ।

प्रारम्भिक बालविकासदेखि कक्षा ३ सम्म अध्ययन हुने विद्यालयमा पढ्ने चेपाङ समूदायका विद्यार्थी घरको काम धन्दा आफैँ गर्नुपर्ने भएकोले विद्यालयमा आउँदैनन् । बुबा मजदूरी गर्न र आमा सुन्तला टिप्न हिँडेपछि घरमा खाना पकाउने र बालबालिका हेर्नुपर्दा आफूहरु विद्यालय जान नपाएको कक्षा ३ मा अध्ययनरत १० वर्षीय सुनिल चेपाङले बताउनुभयो ।

“बा काम गर्न गए, आमा सुन्तला टिप्न”, ढिला गरी विद्यालय पुगेका सुनिलले भन्नुभयो, “भात पकाउने काम गर्नु पर्दा स्कुल आउन ढिला हुन्छ । आमासँगै सुन्तला टिप्न गएको बेला त स्कुल आउनै पाइदैन ।” आमासँगै आफू पनि सुन्तला टिप्न जादाँ दिनको रु दुई सय पारिश्रमिक पाउने गरेको सुनिलले बताउनुभयो ।

आमा सुन्तला टिप्न गएको दिन आफूहरुले नै घरमा दाउरा चिर्ने, खाना पकाउने, सिस्नो टिप्ने काम गर्नुपर्दा विद्यालय आउन नपाइने कक्षा ३ का अर्का विद्यार्थी विराज चेपाङले बताउनुभयो । “बा काममा जाँदा भाइबहिनी हेर्ने काम गर्नुपर्छ”, उहाँले भन्नुभयो, “आमा आज सुन्तला टिप्न गयो, सिस्नो टिपेर भात पकाएर खाँदा स्कुल आउन ढिलो हुन्छ ।”

स्थानीय तनहँुसुर र छापमा रहेका करिब एक दर्जन सुन्तला बगैँचामा राम्चेका चेपाङ महिलाले प्रत्येक वर्ष सुन्तला टिप्ने काम गर्छन् । आफूहरु सुन्तला टिप्न जाँदा प्रायः काखमा रहेका बच्चा हेर्न र सुन्तला टिप्नसमेत छोराछोरी समेत जाने गरेको व्यास ११ राम्चेकी मनमाया चेपाङले बताउनुभयो । “सुन्तला टिप्न जाँदा छोराछोरी पनि सँगै लैजानुपर्छ”, मनमायाले भन्नुभयो, “साना भाइबहिनी हेर्न अरु छोराछोरी लैजानुपर्छ । सुन्तला टिप्ने मौसममा त्यसो नगरी हुँदैन । त्यसपछि त छोराछोरी स्कुल पठाइहाल्छौँ ।”

स्थानीय चेपाङ समुदायका राम्चे र ओढारेका करिब ३१ घरमध्ये राम्चेका– नौ घरका २८ चेपाङ विद्यार्थी उक्त विद्यालयमा अध्ययन गर्छन । सुन्तला टिप्न आउँदा चेपाङ महिलाले प्राय ः काखमा रहेको बालबालिका खेलाउन अन्य सन्तान पनि साथमै लिएर आउने गरेको व्यास ९ छापका सुन्तला किसान मनबहादुर विक बताउनुहुन्छ । बगैँचामा रहेको दुई सय ५० बोटका सुन्तला टिप्ने कार्यमा व्यास ११ राम्चेका चेपाङ महिला नै मजदूरीमा लगाउँदै आएको विकले जानकारी दिनुभयो ।

आफूहरुले बालबालिकालाई काममा नलगाई विद्यालय पठाउन भन्ने गरेपछि चेपाङ महिलाहरुले सुन्तला टिप्ने समय सकिएपछि मात्र विद्यालय पठाउने भन्ने गरेको विकको भनाइछ ।

चेपाङ समुदायमा श्रीमान् बिहानै मजदूरीमा निस्कने र आमा सुन्तला टिप्न जाने गर्दा मङ्सिर र पुस महिनामा विद्यालयमा नियमित १०÷११ जना मात्रै आउने गरेको विद्यालयले जनाएको छ । सुन्तला टिप्ने समयमा प्राय आफूहरु भन्दा साना भाइबहिनी हेर्न र ठुलालाई सुन्तला टिप्नसमेत चेपाङ महिलाले सुन्तला बगैँचामा लैजाने चलन रहेको विद्यालयकी प्रधानाध्यापक रस्मी थापाले बताउनुभयो ।

“हामीले विद्यालय नै पठाउन छाडेर सुन्तला टिप्ने काममा छोराछोरी नलैजानुहोस् पटक–पटक भन्ने गरेका छौंँ”, प्रधानाध्यापक थापाले भन्नुभयो, “तर सुन्तला टिपेपछि विद्यालयमा पठाइहाल्छौँं नि भनेर चेपाङ भन्ने गर्नुहुन्छ ।” सुन्तला टिप्ने समय मङ्सिर र पुस महिना भएकोेले यो दुई महिना विद्यालयमा उपस्थित नहुने विद्यार्थीका लागि पुनः पाठ दोहो¥याउनु पर्ने प्रधानाध्यापक थापाले बताउनुभयो ।

माघ लागेपछि अधिकांश विद्यार्थी नियमित हुने गरेपनि केही विद्यार्थी घरको काम सकेर ढिलो गरि विद्यालय आउँने गरेको उहाँले जानकारी दिनुभयो । चेतनाको कमीले गर्दा ज्यालामजदूरी गरी जीविका चलाउँदै आएका स्थानीय चेपाङ समुदायले कामलाई नै पहिलो प्राथमिकतामा राख्दा विद्यार्थी नियमित नभएको विद्यालयले जनाएको छ । “बालबालिकालाई पढाउनै पर्छ भन्ने चेनताकोस्तर ज्यादै कम छ”, प्रधानाध्यापक थापाले भन्नुभयो ।

विसं २०५३ मा स्थापित उक्त विद्यालयमा बालबालिकालाई पढाउनपर्छ भनेर आफूहरुले विभिन्न कार्यक्रम र छलफल गरेपनि चेपाङ अभिभावकलाई बुझाउन कठिनाई भएको विद्यालयले जनाएको छ । रासस