५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा थप ४३ हजार सङ्क्रमित, ९७.३८ प्रतिशत सङ्क्रमणमुक्त



अ+ अ-

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा पछिल्लो समय फेरि बृद्धि हुदै गएको छ । केही दिन अगाडिसम्म ३५-४० हजारको हाराहारीमा रहेको दैनिक सङ्क्रमितको सङ्ख्या अहिले बढेर ४० हजारभन्दा बढी हुदै गएको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४३ हजार ५०९ जना नयाँ सङ्क्रमित थपिएका हुन् । 

सोही अवधिमा ३८ हजार ४६५ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भन्दा नयाँ सङ्क्रमितको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्यामा समेत बृद्धि भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड सात लाख एक हजार ६१२ पुगेको जनाएको छ । 

कुल सङ्क्रमित मध्ये ९७.३८ प्रतिशत सङ्क्रमितहरु अहिले सङ्क्रमणमुक्त भइसकेको पनि मन्त्रालयले जानकारी दिएको छ । भारतमा अहिलेसम्म कुल ४६ करोड २६ लाख २९ हजार ७७३ स्वाब परीक्षण गरिएको छ । त्यसैगरी अहिलेसम्म कुल ४५ करोड ७ लाख ६ हजार २५७ खोप प्रयोग भएको छ । (रासस-एएनआई)