१३ पुष २०८१, शनिबार
,
Latest
ओलीलाई घनश्यामको सुझावः पार्टी नेतृत्वमा तपाईंका नीति असफल भइसके, नेतृत्व छोड्नुस् प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुनेछः सञ्चारमन्त्री गुरुङ टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह दक्षिण कोरियाली संसदद्वारा कार्यवाहक राष्ट्रपतिलाई महाभियोग लगाउने पक्षमा मतदान पूर्वन्यायाधीश वस्तीको निधन एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’ पि.एल सिंहको निधनले देशलाई ठूलो क्षति पुगेको छः सभापति देउवा जनकपुरमा बेलायती राजदूत दम्पतीको वैवाहिक वर्षगाँठ, दौरा सुरुवाल र सारीमा सजिए अंग्रेजी नयाँ वर्षको अवसरमा शान्तिनगरमा अर्थोपेडिक्स अस्पतालको स्वास्थ्य शिविर पूर्वन्यायाधीश वस्तीको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचित प्रमाणपत्र लिएको दिनमै एक्शनमा उत्रिए सांसद बर्तौला



अ+ अ-

हेटौंडा । मकवानपुरका किसानले खेती बाली लगाउने समयमा पनि मल नपाएको गुनासो गरेपछी जिल्लाको क्षेत्र नम्बर–२ का सांसद महेश कुमार बर्तौला कृषि सामाग्री कम्पनि लिमिटेडको मल गोदाममै गएर निरिक्षण गरेका छन् ।

सोमबार सांसद बर्तौला साल्ट ट्रेडिङ कर्पोरेशनको कार्यालय तथा कृषि सामग्री लिमिटेडको गोदाममा पुगेका हुन् ।

संघीय सांसदको रुपमा निर्वाचित भएपछी उनले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रमाणपत्र लिने बित्तिकै किसानले समयमानै मल नपाएको गुनासो बढेपछि तत्काल मल वितरण गर्न निर्देशन दिन उनी एक्शनमा उत्रिएका हुन् ।

कृषि सामाग्री कम्पनि लिमिटेको हेटौंडा–२ शिद्धार्थ रोड स्थित गोदाममा गएर उनले निरिक्षण गर्दै तत्काल किसानलाई मल वितरण गर्न निर्देशन दिए ।

निर्वाचनमा उम्मेदवारी दिएका बेलामा हरेक समस्यामा आफू साथै रहेको उद्घोष गरेका बर्तौलाले आजैबाट आफ्ना क्षेत्रका नागरिकको समस्यामा सहजीकरणको काम सुरु गरेका हुन् ।

मकवानपुर जिल्लाका दश वटा स्थानीय तहका लागि वितरणका लागि ल्याइएको मल गोदाममै थन्किएको छ । तर, स्थानीय तहका कर्मचारी र सहकारी संस्थाहरुका कारण समयमानै मल वितरण गर्न थप समस्या भएको कृषि सामाग्री कम्पनि लिमिटेडका प्रमुख प्रकाश ज्ञवालीले सांसद बर्तौला समक्ष बताए ।

किसानलाई आवश्यक परेको समयमा तत्काल मल वितरण गर्ने वातावरण तयार गर्नका लागि सांसद बर्तौलाले निर्देशन दिएका छन् ।