२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरी ४ बाट कांग्रेसका चौधरी विजयीे



अ+ अ-

सप्तरी । सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका तेजुलाल चौधरी निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृत विश्वबन्धु पौडेलका अनुसार चौधरीले २३ हजार चार सय ९१ मत प्राप्त गरी निर्वाचति भएका हुन् । निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर४, सप्तरीले जनाएअनुसार उनका निकटतम प्रतिद्वन्द्वी जसपाका बालकिशोर यादवले १७ हजार नौ सय ७७ मत प्राप्त गरे ।

गत प्रतिनिधिसभा र संविधानसभाको निर्वाचनमा समेत चौधरी यस क्षेत्रबाट विजयी भएका थिए । यो नतिजा आएसँगै सप्तरीको प्रत्यक्षतर्फ सबै परिणाम घोषणा भएको छ ।

जसअनुसार प्रतिनिधिसभामा कांग्रेस दुई, जनमत र जसपा पार्टी एक/एक स्थानमा विजयी भएको छ । प्रदेशसभामा जनमत पार्टीले चार, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (एस)र स्वतन्त्रले एक/एक सदस्यमा जित हासिल गरेको छ ।