३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरहा–२ मा राजकिशोर यादव विजयी, चित्रलेखा पराजित



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजकिशोर यादव निर्वाचित हुनुभएको छ । यादवले नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवलाई पराजित गर्दै सिरहा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

निर्वाचन आयोगका अनुसार राजकिशोरले २४ हजार १७८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी चित्रलेखाले २३ हजार २८ मत पाउनुभएको हो । उहाँहरू बीचमा एक हजार एक सय ५० मतान्तर रहेको छ ।

त्यसैगरी जनमत पार्टीका उम्मेदवार विनोदकुमार यादव १६ हजार नौ सय दुई मत प्राप्त गरी तेस्रो हुनुभएको छ । सिरहा निर्वाचन क्षेत्र नं–२ मा प्रतिनिधिसभा सदस्यको निम्ति २४ जना उम्मेदवार प्रतिस्पर्धामा रहनुभएको थियो ।