२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषा–२: नेपाली कांग्रेसका रामकृष्ण यादव निर्वाचित



अ+ अ-

धनुषा । धनुषा २ को प्रतिनिधिसभा सदस्य पदमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका रामकृष्ण यादव निर्वाचित हुनुभएको छ । उहाँले नेकपा (एमाले) का उमाशङ्कर अरगरियाभन्दा एक सय ५७ मत बढी ल्याएर निर्वाचित हुनुभएको हो ।

निर्वाचन आयोगका अनुसार कांग्रेसका नेता यादवले २० हजार एक सय १२ मत प्राप्त गर्नुभएको छ भने एमालेका अरगरियाले १९ हजार नौ सय ५५ मत प्राप्त गर्नुभएको हो । त्यस्तै नेकपा (एकीकृत समाजवादी) का पूर्वमन्त्री रामचन्द्र झाले १३ हजार छ सय पाँच मत प्राप्त गर्नुभएको छ ।

जनता समाजवादी पार्टी (जसपा)नेपालका गङ्गाराम यादवले १२ हजार नौ सय एक मत प्राप्त गर्नुभएको छ भने जनमत पार्टीका जयनारायण साहले नौ हजार नौ सय ९२ मत प्राप्त गर्नुभएको छ ।

नवनिर्वाचित यादव विसं २०६४ र २०७० को पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा साविकको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो । रासस




भर्खरै