५ भाद्र २०८३, शुक्रबार
,
Latest
पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका युवा जनसंख्याको अवसरसँगै वृद्ध समाजको चुनौतीतर्फ नेपालः युएनएफपिए नेपाल अब ‘दुई ढुङ्गाबीचको तरुल’ मात्र होइन, दुई छिमेकी जोड्ने ‘गतिशील पुल’ बन्नुपर्छः परराष्ट्रमन्त्री खनाल जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान रास्वपा केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी र विभाग प्रमुख चयन हुँदै यस्तो छ आज कालीमाटीमा  कृषिउपजको थोक मूल्य भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा विश्वकपः नेदरल्यान्ड्सले सेनेगललाई हरायो



अ+ अ-

एजेन्सी । फिफा विश्वकप २०२२ फुटबल अन्तर्गत नेदरल्यान्ड्सले विजयी सुरुवात गरेको छ ।

सोमबार राति दोहास्थित अल थुमामा स्टेडियममा सम्पन्न खेलमा नेदरल्यान्ड्सले सेनेगललाई २-० गोल अन्तरले हराएको हो ।

नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाक्पो र डाभी क्लासेनले एक एक गोल गरे । दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

खेलको ८४ औं मिनेटमा गाक्पोले फ्रान्की डी जोङको पासमा हेडमार्फत उत्कृष्ट गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

गाक्पोको यो विश्वकपको डेब्यु खेलमा गोल समेत हो । त्यसपछि खेलको इन्जुरी समयमा क्लासेनले गोल गर्दै नेदरल्यान्ड्सलाई २(० को जित दिलाए । जितसँगै समूह ‘ए’ मा रहेको नेदरल्यान्ड्सले महत्वपूर्ण ३ अंक जोडेको छ ।