७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन प्रधानमन्त्री देउवाको अपिल (पूर्णपाठसहित)

गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन प्रधानमन्त्री देउवाको अपिल (पूर्णपाठसहित)
file photo
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन पार्टीका सबै नेता कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।

बिहीबार उहाँले एक अपिल जारी गर्दै कांग्रेसका प्रत्येक सदस्यको जिम्मेबारी आफ्नो पार्टी र गठबन्धन दलका उम्मेदवारलाई जिताउन केन्द्रीत हुनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

“अहिले कतिवटा सिट संख्यामा कांग्रेस आफैँले प्रतिस्पर्धा गर्ने अवसर पायो वा पाएन भन्ने भन्दा पनि निर्वाचन लडेका सबै ठाउँमा पार्टी र गठबन्धनका उम्मेदवारहरूलाई अत्यधिक बहुमतले निर्वाचित गराउन समान सक्रियताका साथ क्रियाशील हुन म पार्टीका सबै तहका साथीहरूलाई हार्दिक अपील गर्दछु”, उहाँले भन्नुभएको छ ।

साथै उहाँले सम्पूर्ण मतदाता नेपाली दिदी बहिनी दाजुभाइहरुलाई पनि गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन अपील गर्नुभएको छ ।

वर्तमान संविधानले अपनाएको मिश्रित निर्वाचन प्रणालीले नै गठबन्धनबिना एकल दलको स्थिर सरकार बन्न कठिन छ भन्दै प्रधानमन्त्री देउवाले यसलाई मुलुकभरका आम जनता तथा नेपाली कांग्रेसका कार्यकर्ताहरुले जुन सहजता र सुझबुझका साथ लिनुभएको छ त्यसका लागि नेपाली कांग्रेस सिंगो नेतृत्व आभारी छ भन्नुभएको छ ।

गत निर्वाचनमा नेपाली कांग्रेस एक्लै निर्वाचनमा लड्दा परिणाम हाम्रो पक्षमा आएन भन्दै उहाँले भन्नुभएको छ, “देश राजनीतिक अन्योल र अधिनायकवादी कसरतको भूमरिमा पर्यो, संविधान र लोकतन्त्रको भविष्य खतरामा परेको अनुभव प्रत्येक नागरिकले समेत गर, यो अवस्थामा मेरो नेतृत्वमा पाँच दलीय गठबन्धन सरकार बनेको हो ।”

आफ्नो नेतृत्वको वर्तमान सरकारको लक्ष्य संविधानको रक्षा, यसले परिकल्पना गरेको संघीय, समावेशी र लोकतान्त्रिक लोककल्याणकारी राज्यको निर्माण प्रक्रियालाई सुदृढ बनाउनु हो भन्दै उहाँले भन्नुभएको छ, “अकारण पटक पटक गरिएको जननिर्वाचित संसद् विघटनको असंवैधानिक निर्णय र शक्तिपृथकीकरणको मूल मर्ममाथि भएका प्रहारहरुले लोकतन्त्रमाथिको खतरा बाँकी नै रहेकोले हामी सबैले महसुस गरेका छौँ, यस्ता जोखिमहरुबाट संविधान र मुलुकलाई बचाउने अहम् जिम्मेबारी पनि नेपाली कांग्रेसकै काँधमा छ ।”

उहाँले जारी गर्नुभएको अपिलको पूर्णपाठ यस्तो छ: