७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन

काँग्रेसको नेतृत्व परिवर्तनका लागि मलाई संसदमा निर्वाचित गरेर पठाउनुपर्छः गगन थापा(भिडीयोसहित )

काँग्रेसको नेतृत्व परिवर्तनका लागि मलाई संसदमा निर्वाचित गरेर पठाउनुपर्छः गगन थापा(भिडीयोसहित )
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा नेतृत्व परिवर्तनका लागि आफूलाई संसदमा निर्वाचित गरेर पठाउनुपर्ने बताउनु भएको छ ।

आफू सांसद भएमात्रै काँग्रेस भित्र संसदीय दलको निर्वाचनमा प्रतिस्पर्धा हुने र सरकारको नेतृत्व परिवर्तन सम्भव हुने उहाँको भनाई थियो । पार्टीको काभ्रे–काठमाडौं सम्पर्क समन्वय समितिले मंगलबार आफ्नै निर्वाचन क्षेत्र काठमाडौं–४ मा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उहाँले आफूले निर्वाचन जितेर गए काँग्रेसमा मात्रै संसदीय दलको निर्वाचन हुने र मतदाताले चाहे अनुसारको नेतृत्व परिवर्तन हुने पटकपटक दोहोर्याउनु भयो ।

त्यसका लागि काठमाडौं क्षेत्र नम्बर ४ का अगुवाहरुले आफूलाई जिताउनका लागि बाँकि समय लागिदिनुपर्ने महामन्त्री थापाको अनुरोध थियो । महामन्त्री थापाले संसदीय व्यवस्थामा संसदमा जितेमात्रै संसदीय दलमा निर्वाचन लडन पाउने भएकाले त्यसका लागि आफूलाई निर्वाचित गराउन सबैले सहयोग गर्ने विश्वास समेत व्यक्त गर्नु भयो । उहाँले आफूलाई सांसदमा निर्वाचन गराएर पठाए १० वर्षमा मुलुकको राजनीतिकलाई पूरै सुधार गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

महामन्त्री थापाले भन्नु भयो, ‘ठूलो मतदाताले काठमाडौंमा राजनीतिक नेतृत्वको बदलाव खोजीरहनु भएको छ । तर, राजनीतिक यथार्थ के छ ? राजनीतिक यथार्थ यो पटक निर्वाचन पछाडि कुनै पनि नेपालको ठूलो राजनीतिक दलको संसदीय लदको चुनाव समेत पनि हुनेवाला छैन । म अरु दलको बारेमा चर्चा गर्दिन । प्रत्येक दलका आ–आफ्नो विशेषता हुन्छ, आ–आफ्नै चरित्र हुन्छ । तर मैले बुझेको कुनै पनि दलको संसदीय दलको निर्वाचन हुनेछैन । भयो भने जम्मा एउटामा हुन्छ । काँग्रेसमा हुन्छ । काँग्रेसमा पनि कतिखेर हुन्छ ? काँग्रेसमा पनि एउटा अवस्थामा मात्रै चुनाव हुन्छ, क्षेत्र नम्बर ४ बाट तपाईँले चुनाव लड्ने मान्छे जिताएर पठाई दिनु भयो भने बल्ल चुनाव हुन्छ । नभए त्यहाँ पनि हुँदैन । अनि, देशमा ठूलो परिवर्तन सबलाई चाहिएको छ । राजनीतिक नेतृत्व परिवर्तन गर्ने भनेको कि पार्टीको महाधिवेशन हो कि त्यही संसदीय दल हो । जहाँनेर प्रतिस्पर्धा गर्ने हो । त्यो प्रतिस्पर्धा नै भएन भने चाँही परिणाम कहाँबाट आउने हो ? अनि, त्यो प्रतिष्पर्धा गर्ने, लडाइँ लडने मान्छे चाहिएला नि पहिला ।

मेरो प्रस्ताव विश्वप्रकाश शर्मा झापाबाट जितेर आउनुपर्ला । उम्मेदवार जित्ने मान्छे जितेर जानु पर्ला । अनि बल्ल लडाई होला । लडाई भएन न परिणाम आउने सम्भावना बाँकि रहला । नभए सम्भावना बाँकि रहन्छ कहाँ ? सब जनाले ठूल्ठूलो बदलाव ल्याउने भन्नु भएको छ । एउटा संसदीय राजनीतिक पद्धति छ । त्यो पद्धतिबाट निर्वाचन क्षेत्रबाट सांसद जितेर जान्छ ।

कोही प्रधानमन्त्री निर्वाचित हुने होइन । यहाँ त सांसद निर्वाचित भएर जाने हो । अनि, त्यो सांसद आफ्नो संसदीय दलमा गएर निर्वाचन लड्छ । अनि, निर्वाचित भयो भने बल्ल त्यहाँ दावी गर्न पाउँछ । त्यो निर्वाचन लडनै कोही तयार छैन यहाँ । अनि, त्यो निर्वाचन लडदाखेरी न बल्ल दावी होला । मेरो मतदातालाई गएर तपाईले यो कुरा बताईदिनुपर्नेछ, जो परिवर्तनको पक्षमा छन । भनिदिनुपर्नेछ–कुरा बुझाई दिनुपर्नेछ । तपाई आफैं हुनुहुन्छ त्यो ठाउँमा । तपाई गई दिनुपर्नेछ । तपाईहरु मलाई २ अव दिनुहोस् । म तपाईहरुलाई १० वर्षमा सुध्रेको राजनीति दिनेछु ।’

महामन्त्री थापाले अवको निर्वाचन पछि पनि मतदाताको प्रतिष्ठा राख्ने काम सांसदहरुले नगरे मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थानै नरहने चेतावनी समेत दिनु भयो । जनप्रतिनिधिहरुले अव पनि मतदाताहरुमाथि निर्वाचनमा गरेको बाचा अनुसार काम नगरे उनीहरुले फेरी चुनाव लडन नपाउने पनि उहाँको बताउनु भयो । महामन्त्री थापाले सत्तारुढ गठबन्धनको आगामी निर्वाचनपछि बहुमत आउने दावी गर्दै त्यसपछि पाँच वर्षसम्म एकतावद्ध भएर जनताको भावना अनुसार काम गर्न प्रतिवद्ध हुनुपर्ने पनि बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘बहुमत ल्याउन चाहन्छौं । बहुमत किन ल्याउन चाहन्छौं ? स्थिर सरकार चलाउन चाहन्छौं । स्थिर सरकार किन चलाउन चाहन्छौं ? हामी जनतासँग गरिएका बाचाहरु पूरा गर्न चाहन्छौं । जनतालाई निराशाबाट बाहिर ल्याउन चाहन्छौं । जनजीविकासँग जोडिएका विषयहरुलाई सम्बोधन गर्न चाहन्छौं । यसका निम्ति हामी एक ठाउँमा हो । यसलाई हामी प्रयोग गर्न चाहन्छौं । म क्षेत्र नम्बर ४ बाट निर्वाचन भएर संसदको त्यो समूहमा जाँदैगर्दा मैले निर्वाह गर्ने कर्तव्य यही हो । त्यहाँ बहुमत हुन्छ । बहुमतले कहिलेकाही अहंकारी बनाउँछ । बहुमतले कहिलेकाँही अल्छी पनि बनाउँछ । त्यो बहुमत भएको भीडमा म त्यहाँ उभिएर मैले अहिले जुन डरको बारेमा चर्चा गरेँ । म त्यही डर नेताहरुको बीचमा लिएर जान चाहन्छु । त्यही चिन्ता नेताहरुको बीचमा लिएर जान चाहन्छु । वातानुकुलित कोठामा बसेर टाउको गन्दै गर्दाखेरी हामीसँग त सात वटै प्रदेशमा सरकार छ । हामीसँग त संघमा सरकार छ । हामीसँग त स्थानीय सरकार ४ सय भन्दा बढि छ ।

अव हामीलाई कसले छुने, कसले हल्ल्याउने ? त्यो सोच आउन सक्छ । त्यो सोच आउने कुरा रोक्न चाहन्छु । त्यहाँ गएर लगातार आफ्नै सांसदहरुको समूहमा गएर प्रश्न उठाउन चाहन्छु । खवरदारी गर्न चाहन्छु । म यो विषय लगातार उठाउन चाहन्छु । सुस्ताउन पनि पाईदैन, बिराउन पनि पाईदैन । विश्राम गर्न पनि पाईदैन । एक वर्षमा गर्नुपर्ने काम एक महिनामा गर्नुपर्नेछ । एक महिनामा गर्नुपर्ने काम एक दिनमा गर्नुपर्नेछ । निर्वाचनमा जसरी दिनरात काम गरिरहेका छौं, निर्वाचन पछि पनि सुस्ताउन पाईदैन अव । ६ देखि १२ लगातार काम गर्नुपर्नेछ । एउटा गति देशलाई दिनुपर्नेछ । त्यो विषय समूहमा लिएर जान चाहन्छु । त्यसका निम्ति जान चाहन्छु त्यहाँ । यो पटक हामीलाई ढिलो गर्ने सुविधा छैन । असफल हुने सुविधा छैन । हामी ठूलो जिम्मेवारी लिएर संसदमा जाँदैछौं ।

यो जिम्मेवारीबाट कथमकदाचित हामी कुनै पनि कारणले चुक्यौं भने त्यसको मूल्य पहिला हामीले चुकाउनु पर्छ । प्रकारन्तरले देशका चुकाउनुपर्नेछ । समयले चुकाउनुपर्नेछ । त्यसकारण त्यहाँ गएर इमान्दारितापूर्वक नडराईकन काम गर्न चाहन्छु । त्यसका लागि तपाईको साथ चाहिएको हो । एक्लैले सक्दिन । टिम चाहिन्छ । यस पटक पाइएको मतको प्रतिष्ठा राख्न सकिएन भने अर्को पटक उठन पाईदैन । यस पटक मतदातको इज्जत राख्न सकिएन भने अर्को पटक मत माग्ने व्यवस्था नै बाँकि रहँदैन । अवस्थाको कुरा छोडिदिऊ । यो कुरामा हामीहरु सचेत छौं ।’

महामन्त्री थापाले नागरिकमा निराशा छाएको भन्दै उनीहरुलाई आशा जगाउने गरी काम गर्न नसकिए आक्रोश छाउने र मुलुक बर्बाद हुने बताउनु भयो ।