८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

शुक्र अस्त भएका बेला शास्त्रले निषेध गरेका धार्मिक कर्म गर्नेलाई कारबाहीको माग

शुक्र अस्त भएका बेला शास्त्रले निषेध गरेका धार्मिक कर्म गर्नेलाई कारबाहीको माग
अ+ अ-

काठमाडौँ । शुक्र अस्त भएका बेला शास्त्रले निषेध गरेका श्रीमद्भागवतलगायत पुराणवाचन गरिएकामा कारबाहीको माग गर्दै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा उजुरी आउन थालेको छ ।

असोज १४ मा अस्त भएको शुक्र मङ्सिर ६ मा उदय हुने समितिले जनाएको छ । गुरु, शुक्र अस्त भएका बेला पुराण वाचनलगायत कुनै कामनाले गर्ने कर्म गर्न नहुने समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा पनि सूचना प्रकाशन गरिएको छ । सूचना विपरीत विभिन्न जिल्लामा मुहूर्तबिना धार्मिक कार्यक्रम आयोजना गरिएको हिन्दू जागरण नेपालले जनाएको छ ।

हिन्दू जागरणले बिना मुहूर्त धार्मिक कार्यक्रम गर्नेको प्रमाणसहित समितिमा उजुरी दर्ता गरेको अध्यक्ष रामकृष्ण उपाध्यायले बताउनुभयो । यस्तो काम गर्नेलाई समिति गठन आदेश, २०७७ बमोजिम कारबाही गर्न पनि उजुरीमा माग गरिएको छ ।

हिन्दू जागरणले समितिले स्वीकृति नदिइ प्रकाशन भएका पात्रोलाई पनि कारबाही गर्न माग गरेको छ । समितिको स्वीकृति नलिई प्रकाशन भएका पात्रोले आफूखुसी मुहूर्त र साइत राख्ने एवम् सोअनुसार काम गर्ने गरिएकाले समिति गठन आदेश बमोजिम कारबाही गर्न माग गरिएको हो ।

शुक्र उदय भएपछि मङ्सिर १० गतेपछि मात्र यस वर्षको विवाह, व्रतबन्धको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो ।

समितिमा आएको उजुरीका विषयमा आवश्यक कारबाही गरिने उहाँले जानकारी दिनुभयो । समितिमा थोरै जनशक्ति भएकाले गठन आदेशले दिएका सबै काम गर्न सम्भव नभएको बाइएको छ ।

विसं २०७७ पुस २० गते मन्त्रिपरिषद्ले समितिको गठन आदेश स्वीकृत गरेको थियो । गठन आदेश २०७८ साउन १८ गते नेपाल राजपत्रमा प्रकाशन भएपछि कार्यान्वयनमा छ । गठन आदेश बमोजिम यस वर्षका पात्रो र भित्तेपात्रो समितिको स्वीकृतिमा मात्र प्रकाशन गर्नुपर्ने व्यवस्था छ ।

समितिको स्वीकृति नलिई प्रकाशन भएका पात्रो र भित्तेपात्रोलाई कारबाही गर्न समितिले कार्यविधि पनि मस्यौदा गरी स्वीकृतिको चरणमा रहेको जनाएको छ ।