१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखामा रिल्याक्स फिल गरेको छु –बाबुरामजीलाई धन्यवाद: प्रचण्ड



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखा आफ्ना लागि सहज भएको बताएका छन् ।आइतबार बिहान गोरखाको भच्चेकमा कार्यकर्ता तथा मतदातामाझ भएको अन्तरक्रियामा उनले अहिलेसम्मको चुनावमध्ये गोरखामा रिल्याक्स फिल गरेको बताएका हुन् ।

कार्यक्रममा प्रचण्डले गोरखाको भौतिक पूर्वाधार, सडक सञ्जालमा आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन् । उनले विकास र समृद्धिको यात्रा गोरखाबाट सुरू गरेर संसारभरलाई देखाउने दाबी गरेका छन् । साथै उनले गठबन्धनभित्र दरिलो एकता भएको बताएका छन् ।

प्रचण्डले भने, ‘गोरखा आउन पाएकोमा खुसी छु । अहिलेसम्मको निर्वाचनमा भन्नुपर्दा मेरो लागि एक ढंगले सहज । यहाँ आउँदा रिल्याक्सजस्तो फिल गरेको छु । गोरखामा निश्चित सपना बोकेर आएको छु । गोरखामा आउनुको उद्श्य इतिहास, पछिल्लो माओवादी आन्दोलनको दृष्टिकोणले गोरखा महत्वपूर्ण जिल्लाभित्र पर्छ । गठबन्धनभित्र पनि दरिलो एकता भएको छ । गोरखामा भौगोलिक, ऐतिहासिक, साँस्कृतिक आधार छन् । आउने ५ देखि १० वर्षभित्र नेपालमा समृद्धिको नयाँ अभियान अघि बढाएर सफल पार्न सकिएन भने राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न गार्‍हो हुन्छ । जनक्रान्तिको थलोबाटै यसको थालनी गर्न तपाईँमाझ आएको छु ।’

प्रचण्डले बाबुराम भट्टराईलाई आफूलाई गोरखामा ल्याएकोमा धन्यवादसमेत दिएका छन् । उनले भने, ‘सधैँ एउटै मान्छे एकैठाउँमा हुँदैन भन्ने बाबुरामजीले भन्नुभयो उहाँमा त्यो उदारता र भावना छ । तर, मलाई यहाँ ल्याएर तँ चाहिँ यहाँ हुनुपर्छ भन्नुभो त्यसका लागि विशेष धन्यवाद ।’