३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा

फोहरले कुरुप देखिँदै लुम्बिनी

फोहरले कुरुप देखिँदै लुम्बिनी
अ+ अ-

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत बुद्धजन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर जाने गेट नं ५ नजिक फोहरको दुर्गन्ध छ । लुम्बिनी पुग्ने जो–कोहीले एकपटक त्यहाँ पुग्नैपर्ने हुन्छ, तर व्यवस्थापनप्रति सरोकारवालाकोे ध्यान नपुगेको स्थानीयवासीको आरोप छ ।

“महिलवार, पर्सा र मोगलहालगायत मुख्य चोक र तेलार नदीमा फलिएका फोहर सडेर लुम्बिनी दुर्गन्धित र कुरुप देखिएको छ”, स्थानीय व्यापारी बबिन बरइले भन्नुभयो, “पर्यटकीयस्थल सफा, सुन्दर र आकर्षक हुनुपर्नेमा त्यसो हुनसकेको छैन ।”

लुम्बिनी सांस्कृतिक नगरपालिकाले फोहर व्यस्थापन गर्न नसक्दा लुम्बिनी दुर्गन्धित बनेको बरइले बताउनुभयो । बजारभरिका फोहर सडकपेटी र लुम्बिनी विकास कोषको पर्खालभित्र फलिदैछन्, तर सरोकारवालाले ध्यान नदिएको उहाँको गुनासो छ ।

लुम्बिनी विकास कोषको मुख्य गेट ९गेट नं ५० महिलवार चोकस्थित सडकपेटी र ट्याक्सी बिसौनी वरपर फोहरको थुप्रो छ । बुद्ध दर्शन तथा शान्तिपूर्ण विश्रामका लागि लुम्बिनी पुग्नुभएका जापानी पर्यटक केङ्गो नोगुचीले नाक खुम्च्याउँदै भन्नुभयो, “फोहरको दुर्गन्धले पर्यटक–पाहुनालाई लुम्बिनीमा बस्ने र घुम्ने वातावरण बिगारेको छ ।”

लुम्बिनी सांस्कृतिक नगरपालिका र लुम्बिनी विकास कोष समेतले फोहर व्यवस्थापन र सरसफाइका लागि बर्सेनि लाखाँै खर्च गर्ने गरेको भए पनि सार्थकता नभएको सञ्चारकर्मी दिनेश लोधले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटकले फोहरको फोटो खिच्दा हामी लाजले भुतुक्कै हुन्छौँ, तर सरोकारवालालाई चासो छैन ।”

“लुम्बिनी विकास कोष वरिपरिको सडकपेटी र महिलवार, पर्सालगायत चोक फोहर थुपार्ने ठाउँजस्तै बनेको छ”, स्थानीय सञ्चारकर्मी लोधले भन्नुभयो, “वर्षात्को समयमा त फोहर सडेर दुर्गन्धले बस्न र हिँड्नसक्ने अवस्था हुँदैन”, फोहरमैलाको शीघ्र व्यवस्थापनका लागि सम्बन्धित सरोकारवालालाई उहाँको आग्रह छ ।

“जथाभावी फालिने फोहरमैलाका कारण त्यस क्षेत्रमा लामखुट्टेको प्रभाव बढी हुनुका साथै डेङ्गुलगायत अनेकौँ रोगले समेत आक्रमण गर्न सक्ने खतरा छ”, लुम्बिनी पर्यटन व्यवसायी सङ्घका अध्यक्ष हुसेनी लोधले भन्नुभयो, “फोहर व्यवस्थापन नहुँदा लङ्कापुरस्थित तेलार नदीको छठघाटमा बर्सेनि हुदै आएको पूजासमेत प्रभावित हुने खतरा छ ।”

लुम्बिनीलाई सुन्दर, स्वच्छ र सफा राख्न अन्तर्राष्ट्रिय संस्था डब्लुडब्लुएफ, युनेस्को, एडिबी र विश्व बैंकलगायतका सङ्घसंस्था ल्ुम्बिनीमा लामो समयदेखि कार्यरत छन् । स्थानीयस्तरमा लुम्बिनी सरसफाइ व्यवस्थापन समिति र ग्रीन युथ आफ लुम्बिनीलगायतका सङ्घसंस्था पनि लुम्बिनीको सरसफाइ र फोहर व्यवस्थापनका लागि सक्रिय छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिका रुपन्देहहीले सरसफाइ र फोहर व्यवस्थापनका लागि यस आर्थिक वर्ष २०७८र७९ मा रु ८० लाख बजेट विनियोजन गरेको छ । दसैँअघि बसेको नगरपालिकाको बोर्ड बैठकमा यहाँको सरसफाइ र फोहर व्यवस्थानबारे प्रस्ताव ल्याइए पनि सफल हुन नसकेको वडा नं ६ का वडाध्यक्ष नैमुल हक मुसलमानले बताउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोपेन्द्रप्रसाद पाण्डेले भन्नुभयो, “फोहर व्यवस्थापनका लागि ल्याइएको प्रस्तावमा बोर्ड बैठकबाट सहमति हुन नसके पनि नगरपालिकाले तत्काल फोहरमैला व्यवस्थापन कार्य अघि बढाउने कार्ययोजना छ ।” उहाँले छठपछि जसरी पनि त्यहाँको फोहर हटाइने बताउनुभयो । रासस