८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

सबैलाई समेटेर घोषणापत्र बनाएका छौँः महामन्त्री शर्मा

सबैलाई समेटेर घोषणापत्र बनाएका छौँः महामन्त्री शर्मा
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको घोषणापत्रमा समावेशीताको अनुहारलाई समावेश गरिएको बताउनुभएको छ । शनिवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित निर्वाचन घोषणा पत्र सार्वजकि कार्यक्रममा बोल्दै उहाँले नेपाली काँग्रेसको घोषणापत्रमा समाज, संविधान रक्षा, स्थिरता र समुन्नतीको आधारलाई विशेष जोड दिएको बताउनुभएको हो ।

उहाँले घोषणापत्र लेख्ने क्रममा विज्ञहरुसहित बसेर लेखेको भन्दै घोषणापत्रमा नेपाली समाजको विविधतालाई पनि प्रतिनिधित्व गराएको बताउनु भयो । उहाँले समग्र समृद्धिका संरचनाले मान्छेलाई सम्बोधन गर्छ की गर्दैन भन्नेकुरालाई पार्टीले केन्द्रमा राखेको दाबी गर्नुभयो । महामन्त्री शर्माले संविधानलाई रक्षा गर्ने र समाजले खोजेको सुव्यवस्थाका कुरालाई पनि समावेश गरेको उल्लेख गर्नुभयो । महामन्त्री शर्माले राजनीतिक दलहरुबीचमा हुने द्वन्द्वको आधारमा संसदलाई मेट्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘निरन्तरतामा नविनता हामीले भनेका छौँ । आज घोषणापत्र सार्वजनिक हुँदै गर्दा समाज, संविधान रक्षा, स्थिरता र समुन्नतीको आधार, नेपाली काँग्रेसकै नेतृत्वमा अबको सरकार भन्ने नारा हमीले घोषणा पत्रसँगै सार्वजनिक गरेका छौँ । घोषणापत्र लेख्दै गर्दा पार्टीको नेतृत्व पंक्ति सहभागी हुने कुराको अलावा विषय विज्ञ साथीहरु, नेपाली समाजको विविधतालाई पनि प्रतिनिधित्व गराउने प्रयत्न गरेका छौँ । स्वयं खेलाडीलाई समावेश गरेर प्रतिनिधित्व गराएका छौँ ।

अपाङ्गता भएका साथीहरु स्वयं उपस्थित हुनुहुन्छ । साहित्य, संगीत कला वा सिनेमाको बारेमा हामीले सोच्ने फरक कुरा तर उहाँहरुलाई नै समावेश गराइएको छ । घोषणापत्र लेख्ने टिममा पाकाको पनि प्रतिनिधित्व छ, फस्र्ट टाइम भोटरको पनि प्रतिनिधित्व छ । नेपाली समाजको जुन विविधता हो, हिमाल, पहाड, तराईको वा समावेशीताको अनुहार हो, त्यसको प्रतिनिधित्व भएको छ । हामीले मानिसलाई केन्द्रमा राखेका छौँ, समग्र समृद्धिका संरचनाले मान्छेलाई सम्बोधन गर्छ की गर्दैन भन्नेकुरालाई हामीले केन्द्रमा राखेका छौँ ।

हामीले संविधानलाई रक्षा गर्ने र समाजले खोजेको सुव्यवस्थाका कुरालाई पनि समावेश गरेका छौँ, महामन्त्री शर्माले घोषणापत्रमा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सम्मानित सर्वोच्च अदालतले गरेको फैसलालाई केन्द्रमा राखेर राजनीतिक दलहरुबीचमा हुने द्वन्द्वको आधारमा संसदलाई मेट्न गर्ने भन्ने जुन पद्धति र प्रवृत्ति गएको संसदको बेलामा देखियो हामी त्यसबाट मुक्त रहेर संसद भित्रै विकल्प रहँदा रहँदासम्म विघटनमा नजाने भन्ने संविधान र सर्वोच्च अदालतको जुन स्पिरिट रह्यो, त्यसको जगमा हामी प्रतिवद्धता व्यक्त गर्न चाहन्छौँ, की यो संसदलाई स्थिरताका साथ ५ वर्ष कायम राख्नेछाँै ।’

महामन्त्री शर्माले आगामी निर्वाचनपछि नेपाली काँग्रेस पहिलो पार्टी बन्ने दाबी गर्नुभयो । उहाँले देशलाई अघि लिएर जाने क्रममा भ्रष्टाचार कसरी नियन्त्रण गर्ने भन्ने सन्दर्भमा पनि पृथक संकल्पका साथ पार्टी लाग्ने बताउनु भयो । उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पुनः संरचना गर्ने, पुँजीगत बजेट कसरी खर्च गर्ने र ठूला पूर्वाधारको निर्माणमा नेपाल २४ सै घण्टा जागा छ भन्ने कुरा पनि घोषणापत्रमा रहेको उल्लेख गर्नुभयो । उहाँले वार्षिक २ लाख ५० हजार रोजगारी सिर्जना र ५ वर्षमा १२ लाख भन्दा बढी रोजगारी सिर्जना गरेर जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आगामी निर्वाचनपछि नेपाली काँग्रेस पहिलो पार्टी बन्छ । देशलाई अघि लिएर जाने क्रममा भ्रष्टाचार कसरी नियन्त्रण गर्ने भन्ने सन्दर्भमा पनि पृथक संकल्पका साथ आएका छौँ । थप कानूनी बन्दोबस्त र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पुनः संरचना गर्नुपर्छ भन्नेकुरा घोषणापत्रमा राखेका छौँ । पुँजीगत बजेटसम्म खर्च हुन नसकेर हामीलाई पीर परेको कुरालाई अन्त्य गर्नको लागि थप कानूनी बन्दोबस्तसँगै निर्माणका कार्यहरु अघि बढाउन नेपाल साँझ परेपछि पनि निर्माणको जगतमा काम गर्छ भन्नको लागि तीन खण्डमा ठूला पूर्वाधारको निर्माणमा संलग्न हुने संकल्प लिएका छौँ । वार्षिक २ लाख ५० हजार रोजगारी सिर्जना र ५ वर्षमा १२ लाख भन्दा बढी रोजगारी सिर्जना गरेर जान्छौँ भनेर संकल्प गरेका छौँ ।’

महामन्त्री शर्माले सार्वजनिक पद धारण गरेको हरेक व्यक्तिले प्रत्येक वर्ष सम्पति विवरण सार्वजनिक गर्नुपर्ने र त्यसको लागि बाध्यकारी कानून निर्माण गर्ने बताउनु भयो । उहाँले सरकारी कार्यालयमा रहेका प्रशासनिक झन्झटलाई अन्त्य गर्ने, शहरी क्षेत्रको फोहोरको समस्यालाई दीर्घकालीन समस्या समाधान गर्ने, भूमिहीनहरुको समस्या समाधान गर्ने र सामाजिक विसंगति अन्त्यको दशकको रुपमा देशलाई लैजाने कुरा घोषणापत्रमा समावेश गरिएको बताउनु भयो ।