८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

निष्पक्ष, स्वतन्त्रपूर्ण र भयरहीत निर्वाचनका लागि सबै प्रवन्ध सकियोः प्रधानमन्त्री

निष्पक्ष, स्वतन्त्रपूर्ण र भयरहीत निर्वाचनका लागि सबै प्रवन्ध सकियोः प्रधानमन्त्री
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकप्रति प्रतिवद्ध भइ काम गर्नसके देशको आर्थिक असमानता, विपन्नतालाई हटाउन सकिने बताउनुभएको छ ।

बुधवार भक्तपुरमा आयोजित नेपाल सम्वत ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा अझैपनि गरिबीको रेखामुनी रहेका आर्थिक विपन्नता भएका नागरिकहरुको ठूलो संख्या रहेको बताउनु भयो । प्रधानमन्त्री देउवाले नेपाल सम्वत धर्म संस्कृति, इतिहास परम्परासँग अभिन्न रुपमा जोडिएकाले यसको जगेर्ना गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले नेपाल सम्वतको प्रयोगलाई आगामी दिनमा बढाउँदै जानुपर्ने र नेपाल सम्वतको संस्कृति र महत्वलाई नागरिकमाझ थप उजागर गर्न आवश्यक रहेको बताउनु भयो । प्रधानमन्त्री देउवाले व्यक्ति भन्दा सामाजिक भुमिका र राष्ट्रिय हीतलाई आत्मसाथ गरी अघि बढ्न सक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो धर्म संस्कृति, इतिहास परम्परासँग अभिन्न रुपमा जोडिएको नेपाल सम्वतको जगेर्ना गर्दै नेपाल सम्वतलाई आगामी दिनमा यसको प्रयोगलाई बढाउँदै यसको संस्कृति र महत्वलाई जगेर्ना गर्न सबै मिलेर काम गर्न आवश्यक छ । नेपालमा अझैपनि गरिबीको रेखामुनी रहेका आर्थिक विपन्नता भएका नागरिकहरुको ठूलो संख्या छ । गरिबी र असमानताको अन्त्य गर्दै नेपाली जनताको आर्थिक दर, आर्थिक स्तर वृद्धि गरी जनतालाई सुखी र स्वतन्त्र तुल्याउन हामी सबै प्रयास गरिरहेका छौँ । सबै प्रतिवद्ध भएर काम गर्नसके मुलुकबाट गरिबी, आर्थिक असमानता, विपन्नतालाई हटाउने काम शंखधर साख्वाजस्ता महान व्यक्तित्वबाट सबैले सिक्न जरुरी छ । व्यक्ति भन्दा सामाजिक भुमिका र राष्ट्रिय हीतलाई आत्मसाथ गरी अघि बढ्नसके हामी सफल हुन्छौँ ।’

प्रधानमन्त्री देउवाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावलाई सरकारले निष्पक्ष, स्वतन्त्रपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्न सबै प्रवन्ध मिलाइसकेको बताउनु भयो । सो अवसरमा प्रधानमन्त्री देउवाले राष्ट्रिय विभूति शंखधर साख्वाको सालिकमा माल्यार्पण गर्नुभएको थियो ।