२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभाका पूर्व सांसद पाण्डे पुनः एमालेमा



अ+ अ-

कपिलवस्तु । राष्ट्रिय सभाका पूर्व सांसद दृगनारायण पाण्डे नेपाली काँग्रेस परित्याग गरी पुुनः एमालेमा प्रवेश गरेका छन् । कपिलवस्तु जिल्लाका नेता पाण्डे २०७४ सालको निर्वाचनमा नेकपा (एमाले)बाट लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य थिए ।

नेता पाण्डेले विगतमा लोकप्रिय पार्टी नेकपा (एमाले) छोडेको घटना आफ्नो राजनीतिक जीवनको गम्भीर पाठ भएको जनाएका छन् ।

एमाले प्रवेशका अवसरमा उनले एक वक्तव्य प्रकाशित गरी निःशर्त एमालेमा समाहित भएको जनाएका छन् । पाण्डेले आगामी दिनमा एउटा इमान्दार कार्यकर्ताको रुपमा पार्टीले दिएको जिम्मेवार पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनलाई नेकपा (एमाले)का केन्द्रीय सदस्यद्वय गिरधारीलाल न्यौपाने, बलराम अधिकारी, कपिलवस्तु निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार वृजेशकुमार गुप्ता, एमालेका कपिलवस्तु जिल्लाका अध्यक्ष डम्मर शर्मा लगायतका नेताहरूले नेकपा (एमाले)कपिलवस्तु जिल्ला कार्यालयमा कार्यक्रम आयोजना गरी पार्टीमा स्वागत गरे ।

ओखलढुङ्गामा माओवादी, काँग्रेस र नेकपा एसका २६५ जना एमाले प्रवेश
यसैबीच, ओखलढुङ्गाको जन्तरखानीका माओवादी केन्द्रका नेता मदनबहादुर मगरको नेतृत्वमा माओवादी, कांग्रेस, जसपा र नेकपा एसका २६५ जना नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् । स्थानीय निर्वाचनमा माओवादी र नेकपा एसका वडाअध्यक्ष र सदस्यका उम्मेदवारहरु सबै एमाले प्रवेश गरेका छन् ।

नेकपा (एमाले)केन्द्रीय सदस्य यज्ञराज सुनुवार र पूर्वमन्त्री अम्बिर गुरुङ, जिल्ला अध्यक्ष शंकर कटवाल, प्रदेश कमिटी सदस्य इच्छाकुमारी गुरुङ लगायतले नव प्रवेशीलाई पार्टीमा स्वागत गरे ।

नवप्रवेशीहरुले एमाले सरकारमा भएका विकास निर्माणका योजनालाई साथ दिँदै विकासको बाँकी काम सम्पन्न गर्न एमाले प्रवेश गरेको बताएका छन् । मंसिर ४ मा हुने निर्वाचनमा एमालेको विजय सुनिश्चित गराउन लाग्ने उनीहरुको भनाई छ ।