२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसद्वारा प्रवास मिडिया समन्वय तथा प्रचारप्रसार उपसमिति गठन



अ+ अ-

काठमाडौँ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले निर्वाचन प्रवास मिडिया समन्वय तथा प्रचारप्रसार उपसमितिमा सदस्यहरु मनोनयन गरेको छ । कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै निर्वाचन प्रवास मिडिया समन्वय तथा प्रचारप्रसार उपसमितिमा ३७ जना सदस्य मनोनीत गरेको हो ।

मुख्यसचिव कृष्ण पौडेलले एक प्रेस विज्ञप्ति जारी गर्दै ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचारप्रसार समिति’ का संयोजक एवं पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेस केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचारप्रसार समितिका सदस्य उर्मिला थपलियाको संयोजकत्वमा गठित ‘नेपाली कांग्रेस प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रवास मिडिया समन्वय तथा प्रचारप्रसार उपसमिति’ मा सदस्यहरु मनोनीत गरेको जानकारी दिए ।