८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

मीठो फलफूल बेच्ने धनमायाको नमीठो कथा

मीठो फलफूल बेच्ने धनमायाको नमीठो कथा
अ अ+ अ-

ढोरपाटन । पर्वत ग्याँदीकी धनमाया नेपाली आजभोलि बागलुङ बजारको चोकचोक र गल्लीगल्लीमा भेटिनुहुन्छ । काँधमा ढाको र हातमा पोकापुन्तुराका साथमा भेटिने उहाँले फलफूल बेच्नुहुन्छ । उहाँको कथा भने नमीठो छ । उहाँले चोकचोक र गल्लीगल्लीमा बसेर फलफूल बेच्न थालेको १६ वर्ष भयो । यसरी फलफूल बेच्नु उहाँका रहर होइन । पोखराबाट सुरु भएको फलफूल बेच्ने यात्रा म्याग्दीको बेनी हुँदै बागलुङ बजार आइपुगेको छ ।

एक दश पोखराका विभिन्न ठाउँमा फलफूल बेच्ने र जुत्ता सिउने काम गर्नुभएकी उहाँ बागलुङसम्म आउनुभएको छ । पोखरा छाडेर म्याग्दीको सदरमुकाम बेनी आउनुभएकी उहाँले करिब पाँच वर्ष फलफूल तथा तरकारी बेच्नुभयो । बेनीमा राम्रो कमाइ नभएपछि चार महिनादेखि बागलुङ बजारमा फलफूल बेचिराख्नुभएको छ । यहाँबाट पनि उहाँलाई काम गर्ने वातावरण सहज छैन ।

“पढेलेखेको छैन, मैले काम पाउने भनेको होटलमा जुठो भाँडा माझ्ने हो, त्यहाँ पनि अरुको गाली खानुपर्छ, त्यही भएर मैले फलफूल बेच्न थालेको हुँ, मैले यसरी बाटोबाटोमा फलफूल बेच्न थालेको १६ वर्ष भयो”, उहाँले भन्नुभयो, “ज्यान पाल्न प¥यो, काम नगरी पाल्न सकिन्नँ, जसोतसो चलेकै छ, दुःख भन्ने कुरा त्यस्तै हो, चोर्न ढाँट्न जानेको छैन, यस्तो काम गर्न नपरोस्, कामजस्तो भए पनि गर्छु, सानो–ठूलो मानिँदैन ।”

चालिस वर्षीया धनमायाले १० वर्ष पोखराका सडक र गल्लीमा बसेर फलफूल बेच्ने र जुत्ता सिलाउने काम गरेको स्मरण गर्दै महानगरले सडकबाट हटाएपछि बेनी पुगेको बताउनुभयो । उहाँले पोखरामा राम्रो कमाइ भए पनि काम गर्न नपाएको दुःखेसो पोख्नुभयो । बेनीमा पाँच वर्ष काम गर्दा कमाइ नभएपछि बागलुङ आएको उहाँको भनाइ छ । यहाँ आएर काम गर्दादेखि नै अवरोध भइराखेको उहाँले बताउनुभयो ।

“पोखरामा राम्रो कमाइ हुन्थ्यो, त्यहाँ धेरै मान्छेको आवतजावत पनि भएको हुँदा फलफूल पनि राम्रै बिक्री हुन्थ्यो, मैले पोखरामा जुत्ता पनि सिलाउँथे, पछि धेरै मान्छेले नराम्रो नजरले हेरे, काम गरेको रिस गरेपछि मैले जुत्ता सिलाउन छाडेँ, फलफूल बेच्न पनि महानगरले दिएन, सडकबाट ढोकोसँगै उठाइदियो, त्यही भएर म बेनी आएँ”, नेपालीले भन्नुभयो, “बेनीमा फलफूलसँगै टमाटर पनि बेच्थेँ, बुढाले कोट सिलाउनुहुन्थ्यो अरुको टेलरमा, कमाइ राम्रो नभएपछि बागलुङ आएका हौँ, यहाँ आएको पनि तीन–चार महिना भयो, बाटोमा बेच्न हुँदैन भनेर नगरपालिकाले भनिराखेको छ, दुःख गरेर खान पनि दिएनन् ।”

धनमायाको चार जनाको परिवार छ । दुई छोरी र श्रीमान् रहेको नेपालीको परिवार यसरी फलफूल बिक्री गरेर चल्दै आएको छ । दुई छोरीले पोखरा पढ्ने र श्रीमान्ले यहाँको एक टेलरिङ सेन्टरमा कपडा सिलाउने काम गर्ने गरेको उहाँको भनाइ छ । “हाम्रो अरू केही छैन, यही काम गर्ने खाने हो, श्रीमान्ले कोट सिलाउनुहुन्छ, छोरीहरूले पोखरा बसेर पढ्छन्, व्यापार खासै छैन, दसैँका बेला राम्रो भयो, अहिले कम छ”, उहाँले भन्नुभयो ।

नेपालीले स्याउ, सुन्तला र मौसमअनुसारका फलफूल बेच्ने गर्नुहुन्छ । यो सिजन स्याउ, अम्बा र सुन्तालको भएको अन्दै खुद्रा पसलबाट खरिद गर्ने र बजारको दरमा बिक्री गर्ने गरेको उहाँको भनाइ छ । फलफूल बेचेर दैनिक रु पाँच सयदेखि एक हजारसम्म कमाउने भन्दै कहिलेकाहीँ रु एक हजार पाँच सयसम्म आम्दानी हुने गरेको बताउनुहुन्छ ।

“अहिले खासै नाफा छैन, फलफूल बेच्दा कहिले चार सय हुन्छ, कहिलेकाहीँ एक हजार पनि हुन्छ, महिनाभरिको हिसाब गर्दा त्यही रु १५ देखि २० हजारको कमाइ हुन्छ, आफ्नो घर छैन, भाडा तिर्नुप¥यो, खानुप¥यो, छोरीलाई पढाउनुप¥यो, खर्च बढेकोबढयै छ, कमाइ घट्दो छ”, उहाँले भन्नुभयो “अब कता गएर के गर्ने हो, केही काम पाइँदैन, यहाँ पनि नगरपालिकाले सडकमा बसेर नबेच्न भनेछ, केही काम दिए त गर्नुहुन्थ्यो, काम नगरेसम्म खान–लाउन पुग्दैन ।”

धनमायाका श्रीमान् कुमार नेपालीले बागलुङ बजारको एक सिलाइकटाइ पसलमा काम गर्दै आउनुभएको छ । उहाँले आफूहरू दुई अनपढ भएको हुँदा भौतारिनुपरेको बताउनुभयो । कुमारले पढेलेखेको भए केही जागिर गर्न सकिने भन्दै अनपढ भएका कारण जस्तो काम पनि गर्न तयार हुनुपर्ने बताउनुहुन्छ । दुई जनाको मेहेनतले परिवार चल्दै आएको उहाँको भनाइ छ ।

“सानोमा गरिबीका कारण पढ्न पाइएन, पढेको भए अहिले केही सानोतिनो जागिर खाइन्थ्यो होला, अहिले काम पनि पाइँदैन, कहिले जुत्ता सिलाउने, कहिले फलफूल बेच्ने काम गरेर गुजारा चलेको छ, उनले ९धनमाया० सडकमा बेचेर र मैले कपडा सिलाएर थोरैथोकै कमाउँछौँ, जसोतसो महिनाभरि खानलाउन पुगेको छ”, कुमारले भन्नुभयो ।

उहाँले लामो समयदेखि यसरी सडकमा बसेर काम गर्दै आएको सुनाउँदै स्थानीय सरकारले कुनै पनि विकल्प नदिइ सडकबाट हटाउँदा आफूहरू समस्यामा परेको गुनासो पोख्नुभयो । उहाँ भन्नुहुन्छ, “सरकारले केही विकल्प दिएर सडकबाट हटाएको भए हामीहरूलाई जिउ पाल्न सजिलो हुन्थ्यो, जता भए पनि काम गर्ने थियौँ, पोखरामा राम्रै थियो, हटाउनुभयो, बेनीमा कमाइ नै हुन नसकेपछि अहिले बागलुङ आएका छौँ, यहाँ पनि बाटोमा व्यापार नर्गन भन्दै हुनुहुन्छ रे, हामीजस्ता गरिब, दुःखीले अब के गरेर ज्यान पाल्ने रु”

उहाँले आफू एक्लैको कमाइले परिवार चलाउन गाह्रो हुने सुनाउनुभयो । काम पाए आफूहरूले जस्ता ठाउँमा पनि गर्न सक्ने बताउनुभयो । बागलुङ नगरपालिकाले बजार क्षेत्रका सडकमा यत्रतत्ररूपमा राखिएका सामान हटाउन थालेको छ । यसले गर्दा ठेला व्यापारी समस्यामा परेका हुन् ।