८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

संविधानको रक्षा गर्न गठबन्धन बनेको होः प्रधानमन्त्री

संविधानको रक्षा गर्न गठबन्धन बनेको होः प्रधानमन्त्री
file
अ अ+ अ-

विराटनगर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको बलिदानबाट प्राप्त संविधान रक्षा गर्न गठबन्धन बनेको बताउनुभएको छ । विराटनगरमा आज आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै उहाँले सबै वर्ग र क्षेत्रको अधिकार सुनिश्चित गर्ने समावेशी संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको प्रष्ट पार्नुभयो ।

प्रधानमन्त्री देउवाले आशन्न निर्वाचनपछि गठबन्धन दलको सरकार बन्ने विश्वास व्यक्त गर्दै भन्नुभयो, “विकास र परिवर्तनका निम्ति यो गठबन्धनका उम्मेदवार विजयी हुनुपर्छ ।” रुख, कलम र गोलाकार भित्रको हँसिया हथौडा चिह्नमा भोट हाल्न कार्यकर्तामा अन्योलता आउन नहुने बताउँदै उहाँले गठबन्धनमा उम्मेदवारलाई अत्यधिक भोट हालेर जिताउन अपिल गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले निर्वाचन सामान्य प्रक्रिया भए पनि यो निर्वाचन खास उद्देश्यका लागि भएको बताउनुभयो । विशेष परिस्थितिमा आन्दोलनको बीचबाट जन्मेको गठबन्धनले संविधान र लोकतन्त्रको रक्षा गर्ने भन्दै अध्यक्ष दाहालले बृहत् शान्ति सम्झौताबाट नै मुलुकमा युगान्तकारी परिवर्तन आएको र यही परिवर्तनलाई निमोठ्न खोज्ने प्रवृतिका विरुद्धमा गठबन्धन बनेको धारणा राख्नुभयो । शान्ति सम्झौताको निरन्तरताकै रुपमा गठबन्धन अगाडि बढेको बताउँदै अध्यक्ष दाहालले आशन्न निर्वाचनमा गठबन्धनमा उम्मेदवारलाई जिताउन कार्यकर्ता एवं नेतालाई निर्देशन दिनुभयो । गर्वका साथ एकले अर्कालाई खुशीसाथ मत खसाल्न आग्रह गर्दै उहाँले भन्नुभयो, “समृद्धि र सुशासनका लागि पनि गठबन्धनले जित्नुपर्छ ।”

नेकपा (एकीकृत समाजवादी पार्टी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गलत मानिसको हातबाट नेतृत्व खोस्न गठबन्धन बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “गठबन्धनको एकता र ऐक्यबद्धता नै हाम्रो सङ्कल्प हो ।” राजनीति सही मार्गमा गए मात्र समाजका समस्या समाधान हुने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “गठबन्धन नबनेको भए एकलौटी सरकार चलाउने आधारलाई भत्काउन सकिने अवस्था थिएन ।” स्वाभिमानका पाठ कार्यकर्ता र जनतालाई सिकाएर राम्रो उद्देश्य तथा सपनालाई साकार पार्न गबन्धनका उम्मेदवार जित्नुपर्ने बताउँदै अध्यक्ष नेपालले लोकतन्त्र र संविधानलाई धराप पर्न नदिन गठबन्धन निर्वाचित हुनुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको रक्षा र लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन गठबन्धन निर्माण भएको बताउनुभयो । उहाँले नेपाली जनतालाई बलियो बनाउन र अर्थतन्त्रलाई सुदृढ तुल्याउन गठबन्धनका उम्मेदवार जित्नुपर्ने विचार व्यक्त गर्नुभयो । कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले “संविधानको सही कार्यान्वयका निम्ति राजनीतिक दलबीच एकता र सहकार्य अपरिहार्य छ” भन्नुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संविधानलाई सही मार्गमा लैजान, असल शासन, लोकतन्त्र एवं समुन्नत समाज निर्माण गर्न गठबन्धन आवश्यक रहेको चर्चा गर्नुभयो । कांग्रेस प्रदेश नं १ समितिका सभापति उद्धव थापाको सभापतित्वमा भएको सो कार्यक्रममा एकीकृत समाजवादी पार्टी प्रदेश नं १ समितिका अध्यक्ष बलदेव चौधरीले पनि गठबन्धनको महत्वमाथि प्रकाश पार्नु भएको थियो ।