४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

एउटा गाउँ जहाँ सबै जना संस्कृत बोल्छन्

एउटा गाउँ जहाँ सबै जना संस्कृत बोल्छन्
अ+ अ-

एजेन्सी । भारतको असामको एउटा गाउँका सबै जना संस्कृत भाषा बोल्छन् । ‘संस्कृतग्राम’ भनेर चिनिने त्यो गाउँका बासिन्दाहरूले सन् २०१५ देखि संस्कृत भाषामै दैनिक व्यवहार गर्दै भाषिक आदान–प्रदान गर्ने गरेका छन् ।

कारिम्गञ्ज जिल्लाको पटियला गाउँका ६० परिवारका करिब ३०० जनाले संस्कृत भाषालाई बोलचालको भाषाकारूपमा अङ्गीकार गरेका छन् ।

चाहे बालक होस् या बृद्ध सबै संस्कृत भाषामा बोल्छन् । यो गाउँका सबैलाई खुसी संस्कृतवक्ताको गाँउ भनेर चिनिन्छ । गाउँलेहरूले आगामी नयाँ पुस्ताले यसलाई निरन्तरता दिने र भाषिक चिन्तनको विकास गर्ने लक्ष्य राखेर सो अभियान चलाएको बताउँछन् ।

अत्यन्त प्राचीन र समृद्ध भाषा तर दैनिक व्यवहार र बोलिचालीका हिसाबले लुप्त हुँदै गएको भाषाको जनस्तरबाटै संवर्धन गर्ने उद्देश्यले सो अभियान चलाइएको र सन् २०१३ देखि त्यो गाँउमा नियमितरूपमा दैनिक योगशिविर समेत आयोजना गरिंदै आएको छ ।

स्थानीय दीपनाथ जो योगप्रशिक्षक पनि हुन्, उनले सो अभियानबाट नयाँ पुस्तामा आफ्नो योगजीवन र प्राचीन भाषाको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्छन् ।

त्यो गाउँमा प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म योगशिविर सञ्चालन हुन्छ । त्यो शिविरमा पनि संस्कृत नै बोलिन्छ । त्यसैगरी प्रत्येक महिना गायत्री यज्ञ आयोजना गरिन्छ र सबैले त्यसमा सहभागिता जनाउँछन् ।

साठी परिवार मध्ये प्रायः सबै कृषि कर्मै संलग्न छन् । केवल १५ जना मात्र अन्य रोजगारीमा आबद्ध छन् । छिमेकी गाँउ अनिपुरबस्तीमा पनि यस्तै अभ्यास गर्न लागिएको दीपनाथले बताउँछन् ।

विपुल ज्ञानभण्डार भएको संस्कृत भाषा अहिले जनस्तरबाट उपेक्षित देखिन्छ भने राज्यस्तरबाट समेत त्यति ध्यान दिइएको पाइदैन । तर स्थानीयस्तरबाट भाषिक संरक्षणमा चलाइएको अभियान चारैतिरबाट प्रशंसित छ ।