८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

चुस्त ट्राफिक व्यवस्थापनमा ‘डमी’ले सघाउँदै

चुस्त ट्राफिक व्यवस्थापनमा ‘डमी’ले सघाउँदै
अ अ+ अ-

मोरङ । मोरङमा ट्राफिक व्यवस्थापन चुस्त बनाउन ‘डमी’ ट्राफिक प्रहरीले सघाएको छ । जनशक्तिको कमीका कारण हरेक स्थानमा ट्राफिक प्रहरी खटिन असम्भव भएपछि सडक अनुशासन कायम गराउन ‘डमी’ ट्राफिक प्रहरीको सहारा लिइएको छ ।

‘डमी’लाई विराटनगर–बुढीगङ्गाअन्तर्गत निमुवासम्मको नौ स्थानको सडकको मध्यभागमा खडा गरिएको छ । ‘डमी’ ट्राफिक प्रहरीले सडक दुर्घटनामा अङ्कुश लगाउन मद्दत पुर्याएको छ भने मापसे गरेर सवारी कुदाउनेलाई समेत सतर्क तुल्याएको छ । बीच सडकमा ठडिएका ‘डमी’ ट्राफिक प्रहरी असरदार देखिएको छ र ‘डमी’ भएको स्थानमा मापसे सेवनबाट हुने सवारी क्षतिको आँकडामा आश्चर्यजनक सुधार आएको छ ।

सडक दुर्घटना न्यूनीकरण, सचेतना र सतर्कताका लागि राखिएका ‘डमी’ ट्राफिक प्रहरी नक्कली भए पनि दुरूस्तै देखिन्छ । बीच सडकको डिभाडरमा टाँगिएका ‘डमी’ ट्राफिक प्रहरीले सडक दुर्घटना हुन नदिन प्रभावकारी भूमिका खेलेको छ ।

‘डमी’ ट्राफिक प्रहरीले चालकमा मनोवैज्ञानिक प्रभाव पारेको छ । कुनै हर्कत नगरी उभिए पनि ‘डमी’ ट्राफिक प्रहरीले सडक सुशासन कायममा सफलता पाएको महशुश सर्वसाधारणले समेत गरेका छन् । परबाट ‘डमी’ को आकार प्रकार सक्कली ट्राफिक प्रहरी झैँ देखिन्छ । ‘डमी’ ट्राफिक प्रहरीलाई टाढाबाट सक्कली ठानेर जथाभावी सवारी साधन चलाउने चालकले समेत सतर्कतापूर्वक सवारी चलाउने, लेन नमिच्ने, जथाभावी ओभरटेक गर्न आँट नगरेकोल दुर्घटनाको तथ्याङ्क सुध्रिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको ‘डमी’ ट्राफिक प्रहरी राखेर ट्राफिक सचेतना फैलाउने प्रयोग सफल देखिएको छ । सडक अनुशासन पालना गर्न गराउन ठाउँ–ठाउँमा ‘डमी’ ट्राफिक प्रहरी राख्ने कार्यको चौतर्फी प्रशंसा भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख एवं प्रहरी निरीक्षक राजकुमार कार्कीले मोरङमा ट्राफिक प्रहरीको जनशक्ति न्यून भएको र सबै ठाउँमा ट्राफिक प्रहरी पुग्न नसक्ने भएकाले दुर्घटनाको जोखिम भएका स्थानमा ‘डमी’ ट्राफिक प्रहरीबाट काम चलाइएको बताए । उनले सर्वसाधारणमा निर्जीव ‘डमी’ ट्राफिक प्रहरीको प्रभाव सक्कली ट्राफिक प्रहरी झैँ पर्ने गरेको बताए ।

कार्कीले ‘डमी’ ट्राफिक प्रहरी राखेपछि आश्चर्यजनकरूपमा गम्भीर प्रकृतिका दुर्घटनामा कमी आएको बताए । ‘डमी’ ट्राफिक प्रहरीले दुर्घटनाको सम्भवाना ५० प्रतिशतले घटाएको, चालकमा सतर्कताको भावना पैदा गरेको र सचेतना फैलाउने कार्यमा सहायक सिद्ध भएको उनको भनाइ थियो ।

ट्राफिक प्रहरी नपुगेको ठाउँमा ‘डमी’ ट्राफिक प्रहरी राख्दा मादक पदार्थ सेवन गरेर सवारी कुदाउनेको सङ्ख्यामा समेत कटौती भएको प्रमुख कार्कीले बताए । उनले सक्कली र ‘डमी’ ट्राफिक प्रहरीबाट मात्र ट्राफिक व्यवस्थापन कायम गर्न नसकिने भन्दै सचेतना प्रवद्र्धनको कार्यक्रमलाई तीव्र पारिएको जानकारी दिए ।