२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगले विश्वप्रकाश शर्मालाई सोध्यो २४ घण्टे स्पष्टीकरण



file
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

आयोगले शुक्रवार महामन्त्री शर्मालाई निर्वाचन आचारसंहीता उल्लंघन गरेको उजुरी परेपछि २४ घण्टे स्पष्टीकरण सोधेको हो । आायेगले महामन्त्री शर्माबिरुद्ध आगलागी पीडितलाई पैसा वितरण गरेको पाइएको भन्दै उजुरी परेकाले स्पष्टीकरण सोधेको उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले बताउनु भयो ।

झापा क्षेत्र नम्बर १ का उम्मेदवार विश्वप्रकाश शर्मालाई आयोगले आगलागी पीडित केवल निरौलाको घर निर्माणको लागि अमेरिकाबाट मुनिन्द्र नेम्वाङको नेतृत्वमा जम्मा भएको २ लाख ५० हजार केवल निरौला र उहाँको बुबालाई हस्तान्तरण गर्दै गरेको फोटो विजय दाल्मियाले आफ्नो फेसबुक वालमा शेयर तथा पोस्ट गर्नुभएको भनि श्रव्यदृश्य सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा गर्नुभएको होइन भन्नसकिने कुनै आधार कारण नदेखिएको भन्दै स्पष्टीकरण सोधेको जनाएको छ ।

निर्वाचन आचारसंहीता २०७९ को परिच्छेद २ को दफा ४ (न) मा कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्नेगरी कुनै कार्य गर्न नहुने उल्लेख छ । आायेगले रकम हस्तान्तरण भएको बारे के कस्तो भएको हो ? र नगद वितरण कार्य भएको हो भने निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र उपदफा (४) बमोजिम किन कारबाही गर्नु नपर्ने हो ? भनि प्रश्नसमेत सोधेको छ । आायेगले महामन्त्री शर्मालाई उम्मेदवार रहेको जिल्लाको निर्वाचन कार्यलयमा आफैँ उपस्थित भइ वा आफ्नो प्रतिनिधिमार्फत लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

उपन्यायाधिवक्ता वाग्लेले निर्वाचन आचारसंहीता लागू भइसकेपछि निर्वाचन आचारसंहीताको परिधिभित्र रहेर निर्वाचनमा उम्मेदवार रहेकाले आचारसंहीताको पूर्ण रुपमा परिपालना गर्नुपर्ने उल्लेख गर्दै आगलागी पीडितलाई पैसा वितरण गर्नु निर्वाचन आचारसंहीता विपरित भएको बताउनु भयो ।

उहाँले निर्वाचनको सन्दर्भमा मतदातालाई कुनैपनि गतिविधि गरेर कुनै प्रकारले प्रभावित पार्नु हुँदैन र लोभलालच देखाउनु हुँदैन भन्ने आचारसंहीताको सन्दर्भलाई लिएर आयोगको निर्णयअनुसार उहाँलाई स्पष्टीकरण सोधिएको पनि स्पष्ट पार्नुभयो । उपन्यायाधिवक्ता वाग्लेले महामन्त्री शर्माले आयोगलाई पठाएको जवाफपछि आयोगले जवलाफको गहन विश्लेषण र अध्ययन गरी उचित कदम लिने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘विश्वप्रकाश शर्मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापाको निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मदेवार हुनुहुन्छ । निर्वाचन आचारसंहीता लागू भइसकेपछि निर्वाचन आचारसंहीताको परिधिभित्र रहेर निर्वाचनमा उम्मेदवार हुनुभएको उममेदवारहरुले आचारसंहीताको पूर्ण रुपमा परिपालना गर्नुपर्छ । त्यसै सन्दर्भमा आचारसंहीता लागू भइसकेको सन्दर्भमा विश्वप्रकाश शर्माले आगलागी पीडितलाई पैसा वितरण गरेको र त्यो पैसा वितरण कार्यले निर्वाचन आचारसंहीता उल्लंघन भयो भनेर आयोगमा उजुरी प्राप्त भइसकेपछि त्यही पैसा बाँडेको विषय आचारसंहीता उल्लंघन भयो र निर्वाचनको सन्दर्भमा मतदातालाई कुनैपनि गतिविधि गरेर कुनै प्रकारले प्रभावित पार्नु हुँदैन र लोभलालच देखाउनु हुँदैन भन्ने आचारसंहीताको सन्दर्भलाई लिएर आयोगको निर्णयअनुसार उहाँलाई स्पष्टीकरण सोधिएको हो । उहाँबाट कस्तो जवाफ आउँछ, उहाँलाई सोधिएको स्पष्टीकरण सोधिएको सन्दर्भमा आयोगले थप कारबाही गर्छ । २४ घण्टे स्पष्टीकरण सोधिएको छ । आजसम्मको तथ्यांकअनुसार हामीले विभिन्न राजनीतिक दलका उम्मेदवार, संघसंस्था, कार्यालय समेत गरी ४८ वटालाई स्पष्टीकरण सोधेका छौँ, त्यसमध्ये ३० वटाको जवाफ प्राप्त भएको छ । उहाँहरुले दिएको जवलाफका आधारमा विश्लेषण गर्छौं ।’

उपन्यायाधिवक्ता वाग्लेले शुक्रवारसम्मको तथ्यांकअनसार निर्वाचन आयोगले विभिन्न राजनीतिक दलका उम्मेदवार, संघसंस्था, कार्यालय समेत गरी ४८ वटालाई स्पष्टीकरण सोधेको र त्यसमध्ये ३० वटा जवाफ आएको बताउनु भयो ।




भर्खरै