५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपति गौशाला धर्मशाखा क्षेत्रमा सम्झौताविपरीतका संरचना हटाउन निर्देशन



अ+ अ-

काठमाडौँ । पशुपति गौशाला धर्मशाखा क्षेत्रमा सम्झौताविपरीत निर्माण गरिएका संरचना हटाउन पशुपति क्षेत्र विकास कोषले ३५ दिने सूचना जारी गरेको छ ।

मारवाडी सेवा समिति नेपालले पशुपति गौशाला धर्मशाला उद्देश्य मुताविक नचलाएकाले गत असोज २६ गते नै यस्ता संरचना हटाउन पत्र पठाएको आज सार्वजनिक गरेको सूचनामा उल्लेख छ । गौशाला धर्मशाला विशुद्धरुपमा गाईपालन, नन्दी सेवा तथा तीर्थयात्रीलाई धर्मशाला (आवास) सञ्चालन मात्र गरेको हुनुपर्नेमा समितिले सम्झौताविपरीतका सेवा पनि चलाएकाले सम्झौता र मापदण्डविपरीतका संरचना ३५ दिनभित्र हटाउन सूचित गरिएको छ ।

सम्झौता र मापदण्डविपरीतका संरचना ३५ दिनभित्र नहटाएमा नियमबमोजिम भई जाने कोषले जनाएको छ । पशुपति गौशाला धर्मशाला क्षेत्रमा पसल कबल एवं स्वास्थ्य सेवा पनि सञ्चालन भइरहेको देखिन्छ ।

कोषले यसअघि करिब एक वर्षअघि कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ स्थित गोठाटारमा रहेको करिब पाँच सय रोपनी जग्गाको वरिपरि मिचेर बनाइएका संरचना हटाउन पनि यस्तै सूचना जारी गरेको थियो । यसैगरी पशुपति क्षेत्रको तिलगङ्गाका बस्तीवासीलाई मुआब्जा दिएर पटकपटक हटाउन जारी गरेको सूचनाको पनि अहिलेसम्म कार्यान्वयन गरेको छैन ।




भर्खरै