९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ

समृद्ध रसुवा निर्माणमा सहभागी बन्न काँग्रेस नेता मोहन आचार्यको आग्रह

समृद्ध रसुवा निर्माणमा सहभागी बन्न काँग्रेस नेता मोहन आचार्यको आग्रह
अ अ+ अ-

रसुवा। नेपाली काँग्रेसका केन्द्रीय सदस्य ईन्जिनीयर मोहन आचार्यले समृद्ध रसुवा निर्माणमा सहभागी बन्न रसुवाबासीलाई आग्रह गर्नुभएको छ ।

आगामी मंसीर ४ गते हुन लागेको प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधीसभा सदस्यका रुपमा रसुवाबाट गठबन्धनका उम्मेदवार बन्नुभएका ईन्जिनीयर आचार्यले समुन्नत रसुवा, समृद्ध रसुवाली निर्माणको महाअभियानमा जुट्न रसुवाबासीलाई आग्रह गर्नुभएको हो ।

समृद्ध रसुवा निर्माणको महाअभियान बोकेर विस २०७४ सालको प्रतिनिधीसभा निर्वाचनमा विजयी सांसद आचार्यले रसुवा विकास नै आफ्नो मुख्य प्राथमिकता भएको बताउनुभयो ।

चुनावी प्रचारप्रसारको सिलसिलामा आज रसुवाको पार्वतीकुण्ड, आमाछोदिङ र गत्लाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले संविधानको रक्षा र देशको विकासका लागि पाँचदलीय गठबन्धन आवश्यक रहेको बताउनुभयो ।

“संविधानमा भएको अधिकारलाई ओलीले संसद विघटन गरेर जुन काम गर्नुभयो, त्यसको रक्षाका निम्ति वर्तमान पाँचदलीय गठबन्धन निर्माण भएको हो,”– उहाँले भन्नुभयो ।

नेता आचार्यले संविधान जारी भएको लामो समयसम्म पनि संघीय सरकारले प्रदेश सरकार र स्थानीय सरकारलाई अधिकार दिन नचाहँदा र आवश्यक कानून बन्न नसक्दा संघीयतामाथि प्रश्न उठ्न थालेको बताउनुभयो । “नेपाली काँग्रेस सिंहदरबारमा केन्द्रीत अधिकार वडा वडासम्म पु¥याउन चाहन्छ, त्यसका लागि संविधान कार्यान्वयन हुनु जरुरी छ,”– उहाँले भन्नुभयो ।

उहाँले निर्वाचनपछि बन्ने काँग्रेसको सरकारले केन्द्रको अधिकार प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने उल्लेख गर्नुभयो ।