५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय परिचालन समितिमा थप सदस्य मनोनित



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम कांग्रेसको ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन– २०७९, केन्द्रीय परिचालन समिति’मा थप सदस्य मनोनित गर्नुभएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठन गर्नुभएको समितिमा उहाँले आज थप १८ सदस्य मनोनित गर्नुभएको पार्टी कार्यालयले जनाएको छ ।

समिति सदस्यमा किरणबाबु श्रेष्ठ, जनकराज कलौनी, रेशमबहादुर बानियाँ, नरेन्द्र कुमाल, विमल गौचन, नरभान कामी, छायाराम खनाल, दीर्घराज काफ्ले, बलबहादुर गुरुङ, नवलबहादुर मल्ल, धर्मानन्द भट्ट, मनकुमारी गुरुङ, अर्जुनप्रकाश अर्याल, दीपकराज गुरुङ, गणेशबहादुर बस्नेत, मानबहादुर चन्द, अनिलकृष्ण प्रसार्इं र दानबहादुर बम मनोनित हुनुभएको छ । रासस