२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

औँठा छापसहित स्मार्ट लाइसेन्स परीक्षण गर्ने उपकरण प्रहरीलाई



अ+ अ-

काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)सक्कली वा नक्कली परीक्षण गर्ने उपकरण यातायात व्यवस्था विभागको कार्यालयले नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । नक्कली लाइसेन्सको बिगबिगी तथा यसले निम्त्याउने विभिन्न किसिमका दुर्घटनाको न्यूनीकरणका लागि विभागले आज एक कार्यक्रमकाबीच स्मार्ट लाइसेन्सको परीक्षण उपकरण नेपाल प्रहरीलाई हस्तान्तरण गरेको हो ।

विभागका तर्फबाट महानिर्देशक टोकराज पाण्डेयले नेपाल प्रहरीको केन्द्रीय कार्यालयका प्रतिनिधि प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीलाई एक सय ९८ थान स्मार्ट कार्ड रिडर उपकरण हस्तान्तरण गरेको हो ।

यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेयका अनुसार ‘स्मार्ट लाइसेन्स’ परीक्षण गर्ने उपकरणले सवारी चलाउने चालकले बोकेको अनुमतिपत्र चालक स्वयंकै हो वा होइन भन्ने तत्कालै परीक्षण गर्न सकिन्छ । साथै, उक्त उपकरणमा औँठा छापको परीक्षणसमेतको व्यवस्था रहेको छ ।

हालसम्म विभागले २९ लाख ५० हजार स्मार्टकार्ड ९लाइसेन्स० वितरण गरिसकेको छ । यी सबै लाइसेन्स परीक्षण गर्न मिल्ने उक्त उपकरण सातै प्रदेशमा उपलब्ध गराउने गरी नेपाल प्रहरीलाई वितरण गरिएको पाण्डेले बताउनुभयो ।

ट्राफिक प्रहरीको नियमित जाँचका क्रममा नक्कली लाइसेन्स बोक्ने तथा साथीभाइको लाइसेन्सलाई देखाएर हिँड्ने गरेको तथ्याङ्क बढेको छ । यस उपकरणले तत्कालै सो लाइसेन्स कसको हो भन्ने सहजै थाहा पाउन सकिन्छ । यसले दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्नेछ ।

यसअघि पनि यातायात व्यवस्था कार्यालयले ४० वटा स्मार्ट कार्ड रिडर उपकरण ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको थियो । यसपटक हस्तान्तरण गरेको उपकरणमा औँठाछापको परीक्षणसमेत गर्न सकिने व्यवस्था रहेको छ । यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित र प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त उपकरण हस्तान्तरण गरिएको निर्देशक श्रीचन्द्र साहले बताउनुभयो ।




भर्खरै