४ आश्विन २०८१, शुक्रबार
,
Latest
उष्ण लहरले दक्षिण कोरियामा बन्दागोभीको मूल्य बढाउँदा किम्ची खतरामा बेरुजु फस्र्यौट समिति गठन गर्ने सरकारको निर्णय, वैशाख ७ गते राष्ट्रिय याक दिवस मनाउने अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? प्रधानमन्त्री ओली दोहामा शिक्षकलाई दलीय संलग्नता निषेध गर्ने कानून कडाईका साथ लागू गरौँ: सांसदहरु पूर्व भारतीय क्रिकेटर विक्रम राठौर राजस्थानको ब्याटिङ कोच बने विधायन व्यवस्थापन समितिले दशैँअघि नै दुई विधेयकमाथिको छलफल सक्ने साताभर मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावना अमेरिकामा संविधान दिवस मनाइयो ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

माथिल्लो कर्णालीमा हवाई उडानमा दीर्घकालीन समाधान खोज्न उड्डयनमन्त्रीलाई ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । माथिल्लो कर्णालीमा निजी वायुसेवा कम्पनीसँग समन्वय गरी तत्काल उडान संख्या वृद्धि गर्न र नेपाल एयरलाइन्सका टुइनअटर जहाजहरुको संख्या थप गरेर दीर्घकालीन समाधान खोज्न अनुरोध गरिएको छ ।

संविधानसभा सदस्य नरेश भण्डारी र पत्रकार एवं अर्थमन्त्रालयमा जनसम्पर्क सल्लाहका मनऋषि धितालसहितका कर्णालीवासीहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसमक्ष बाढी र पहिरोका कारण माथिल्लो कर्णालीले अघोषित नाकाबन्दी भोगिरहेकाले वायुसेवा कम्पनीहरुको उडान संख्या बढाउन ज्ञापनपत्रसहित ध्यानाकर्षण गराउनुभएको छ ।

विगत केही दिनदेखिको अविरल वर्षाका कारण जुम्ला, कालिकोट, मुगु, हुम्लालगायतका कर्णाली प्रदेशका विभिन्न जिल्लामा मानवीय, बालीनाली, कृषियोग्य जमिन, पशुवस्तु तथा भौतिक संरचना (सडक, पुल, सिँचाई, तटबन्ध, जलविद्युत, खानेपानी, टेलिफोन टावर) हरुमा ठूलो क्षति भई जनजीवन कष्टकर भएको ज्ञापनपत्रमा उल्लेख छ ।

ती चार जिल्लाका विपत् प्रभावित स्थानीय तहका भौगोलिक क्षेत्रलाई नेपाल सरकारले विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको संवेदनशील परिस्थितिमा हवाई सेवा प्रदायक कम्पनीहरु संवेदनहीन देखिएका छन् भन्दै ज्ञापनपत्रमा भनिएको छ, “एकातिर सडक यातायात अवरुद्ध छ भने अर्कातिर नीजि क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीहरुले कर्णालीका उडानहरु कटौती गरी डलरका लागि अन्यत्र उडान भरिरहेको अवस्था छ । नेपाल वायु सेवा निगमबाट पनि उडान सुचारु नगरिएको अवस्था रहेको छ।”

कर्णालीमा भइरहेका सीमित उडानहरुमा पनि चरम अपारदर्शीता देखिएको भन्दै ज्ञापनपत्रमा उडानहरुमा महङ्गो भाडादर असुली रहेको तथा विद्यार्थी, बिरामी र अन्य यात्रुहरु विमानस्थलमा अलपत्रको अवस्थामा रहेकाले मन्त्री श्रेष्ठसमक्ष तत्कालका लागि हवाई उडान बढाउन ध्यानाकर्षण गराइएको छ ।