३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा

मौसम खराब भएपछि अन्नपूर्ण पदमार्गबाट फर्किन थाले पर्यटक

मौसम खराब भएपछि अन्नपूर्ण पदमार्गबाट फर्किन थाले पर्यटक
अ+ अ-

लमजुङ । अन्नपूर्ण पदमार्गमा अलपत्र परेका पर्यटकहरु लमजुङतर्फ नै फर्किन थालेका छन् । मङ्गलबारदेखि निरन्तर वर्षा भएपछि मौसमी खराबका कारण गन्तव्यमा पुग्न नसकेका पर्यटकहरु बुधबारदेखि पुनः लमजुङतर्फ नै फर्किरहेका हुन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटक सहायक क्षेत्रबहादुर गुरुङले भन्नुभयो, “वर्षा हुनु अघिसम्म दैनिक ८० भन्दा बढी पर्यटक यस पदमार्गबाट मनाङ जिल्ला हुँदै गन्तव्य पार गर्ने गरेका थिए । तर निरन्तर वर्षाका कारण पदमार्गसमेत बिग्रिन थालेको र मनाङको माथिल्लो भेगमा हिमपात हुन थालेपछि उनीहरु अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नै फर्किन थालेका छन् ।” आज बिहान मात्र चामे गाउँपालिकामा अलपत्र ८५ पर्यटक फर्किएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, बिहीबार एक सय ५० र बुधबार ४० जना पर्यटक फर्किएका थिए । त्यस्तै, पदमार्गमा जानका लागि लमजुङमा आइपुगेका पर्यटकहरु समेत बेँसीसहरमै रोकिएर बसेका छन् । लामो समयदेखि कोरोना र चिसोका कारण प्रभावित बनेको चक्रिय अन्नपूर्ण पदमार्गमा पर्यटकीय सिजनकै बेला यतिबेला फेरि व्यवसाय सुनसान हुन थालेका पर्यटन व्यवसायीहरुको भनाइ छ ।

पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले भन्नुभयो, “यतिबेला सास फेर्ने फुर्सद हुने थिएन तर वर्षाका कारण पर्यटक आगमनमा समस्या भएपछि व्यवसाय सुस्ताएको छ । दसैँ तिहारका बेलामा पर्यटकहरु बढी पदमार्गमा आउने गर्दछन् । पर्यटकहरु हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीति रिवाज, प्राकृतिक सुन्दरता हेर्नलाई साथै मनाङबाट थुम्रापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटकहरु आउने गर्छन् ।”

अहिले मनाङका खर्क अनि घाँसेमैदान हरियो हुने तथा फापर र उवा फुलेको दृश्यले पर्यटकलाई आकर्षित गर्ने गर्दछ । पर्यटक विशेष गरी थोराङपास, लार्केपास र कालापास गर्ने गर्दछन् भने, केही पर्यटक विश्वको अग्लो स्थानमा रहेको तिलिचो ताल हेर्न जाने गरेका छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिकामा पर्दछ । अन्नपूर्ण पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँचवटा जिल्ला जोडिएको छ ।