२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

फलफुल खेतीबाट मनग्य आम्दानी



अ+ अ-

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीका कृषक शम्भुप्रसाद नेपालले फलफूल खेतीबाट मनग्य आम्दानी गर्नुभएको छ । नेपालले व्यवसायीकरुपमा ड्रागन र कागती खेतीबाट वार्षिक रु बाह्र लाखसम्म आम्दानी गर्दै आएको बताउनुभयो ।

सुख्खा क्षेत्रमा पनि पर्याप्त उत्पादन हुने भएपछि किसानले ड्रागनको व्यवसायिक खेती गरिरहेका छन् । एक दशकअघिदेखि व्यवसायीक खेती थाल्नुभएका नेपालले एक हजार पाँच सय खम्बामा ड्रागन लगाउनुभएको छ । अहिले तीन सय ओटा खम्बामा लगाएको ड्रागनले उत्पादन दिन थालेको छ । हालसम्म ८५० किलो विक्री गरिसकेको र एक हजार किलोको हारहारीमा टिप्न बाँकी रहेको नेपालले जानकारी दिनुभयो ।

त्यस्तै नेपालले १८ रोपनी क्षेत्रमा कागतीको व्यवसायीक खेती गरिरहनु भएको छ । फलफूल खेतीबाट वार्षिक रु १२ लाखसम्म आम्दानी हुने गरेको नेपालले बताउनुभयो । “फलफूल खेतीबाट राम्रै आम्दानी गरिरहेको छु,” उहाँले भन्नुभयो, “सबै ठाउँबाट उत्पादन हुने हो भने अझ आम्दानी बढ्छ ।” नेपालले अहिले आफ्नो पुर्खौली भूमिमा करीब १७ रोपनी क्षेत्रफलमा डा«गन लगाउनुभएको छ ।

ड्रागन फल रातो प्रतिकिलो रु पाँच सय र सेतो प्रतिकिलो रु चार सयमा विक्री हुने गरेको छ । त्यस्तै कागती फार्मबाट प्रतिकिलो रु एक सयमा विक्री हुने गरेको छ । यहाँ उत्पादन भएको फल स्थानीय बजारसँगै काठमाडाँैसम्म विक्री हुन्छ । सडक असुविधाका कारण बजारसम्म पु¥याउन सास्ती हुने गरेको कृषक नेपालको भनाइ छ । कच्ची सडक वर्षात्ले हिलाम्य हुँदा उत्पादित वस्तु बजारसम्म ढुवानी गर्न समस्या छ ।

“उत्पादन बढी मात्रामा काठमाडौँ पठाउने गरेको छु,” उहाँले भन्नुभयो,” बजार माग अत्यधिक छ । तर सडकका कारण बजारसम्म लैजान समस्या छ । सडक राम्रो भए अझ मनग्य आम्दानी लिन सकिन्थ्यो ।” नेपालले ‘दानाबोटे फलफूल तथा कृषि फर्म’ दर्ता गरेर व्यवसायीक फलफूल खेती थाल्नुभएको हो । जिल्लामा पहिलो पटक व्यवसायीकरुपमा ड्रागनको खेती थाल्नुभएका नेपाल उदाहरणीय कृषकको रुपमा परिचित हुनुहुन्छ । उहाँले २२ वर्ष विराटनगरमा बिताएर गाउँमा फर्केर व्यवसायीक खेती थाल्नुभएको हो । व्यवसाय गर्नका लागि विराटनगरमा रहेको घर विक्री गरेर गाउँ आएको नेपाल बताउनुहुन्छ ।

नेपालले भन्नुभयो, “२२ वर्ष विराटनगर बसेँ । गाउँ फर्केर व्यवसायीक खेतीमा लागेको छु । गाउँमा फर्केर आएर खेती गर्दा यहाँका साथीले धेरै थरीका कुरा पनि गरे । अहिले म व्यवसायमा सफल बन्दै गएको छु ।” आफैँले यसको विरुवा उत्पादन थालेको नेपालले बताउनुभयो । ड्रागन फल लागेको ४५ दिनमा खान मिल्ने उहाँको भनाइ छ ।

पाकेको ड्रागन फललाई लामो समयसम्म सामान्य तापक्रममा भण्डारण गर्न सकिने हुनाले चाडो विग्रने समस्या हँुदैन । ड्रागनमा क्यान्सर प्रतिरोधी गुण हुने विज्ञ बताउँछन् । प्राविधिकका अनुसार रोपेको दुई वर्षपछि ड्रागनबाट फल लिन सकिन्छ । ड्रागनको एउटै बोटबाट धेरै वर्षसम्म फल लिन सकिन्छ । आफ्नो फर्ममा तीन सय ग्रामदेखि नौ सय ग्रामसम्मको फल फलेको नेपालले बताउनुभयो ।

व्यवसायीकरुपमा खेती गरिरहेको भए पनि राज्यको तर्फबाट सहयोग नपाएको नेपालले गुनासो गर्नुभयो । आफूले गरिरहेको कामको धेरैले प्रशंसा गरेपनि अन्य सहयोग नपाएको उहाँको भनाइ छ । नेपालले भन्नुभयो, ‘मैले खेती गरेको देखेर हौसला दिने धेरै छन् । सरकारबाट खास सहयोग पाएको छैन् । फार्मसम्म आउनको लागि सडक नहुँदा डोकोमा बोकेर सडकसम्म लैजाने गरेको छु ।” गाउँका अन्य कृषकसमेतलाई व्यवसायीक कृषिमा लाग्न हौसला दिँदै आएको उहाँको भनाइ छ ।

सिउडी प्रजातिको फल भएकाले यसको खेतीका लागि त्यति धेरै पानी, मलखाद र हेरचाह आवश्यक पर्दैन । यसको खेतीको लागि दक्षिण मोहडा भएको प्रशस्त घाम लाग्ने जमिन उपयुक्त हुन्छ । समुद्री सतहदेखी एक हजार पाँच सय मिटरसम्म उचाइमा खेती गर्न सकिन्छ । कम सिँचाइमा पनि उत्पादन दिने भएकाले सुख्खा क्षेत्रमा पनि खेती गर्न सकिने कृषक बताउँछन् । रासस




भर्खरै