३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा

चितवनको सौराहा पर्यटकको पर्खाइमा

चितवनको सौराहा पर्यटकको पर्खाइमा
अ+ अ-

चितवन । दसैँको मुखमा सौराहाका ६५ हात्तीले दैनिक चार पटक पर्यटकलाई वन घुमाउँदा धेरैले पालो पाउँदैनथे । कतिपय कुरेर हात्ती चढ्थे भने कतिपय त्यसै फर्कनु पर्दथ्यो । यही पर्यटकको चापसँगै कोभिडले सुनसान बनाएको सौराहाको पर्यटन क्षेत्र यस वर्ष पनि पूर्ववत् अवस्थामा फर्कन सकेन ।

विगतको तुलनामा यतिबेला सौराहा सुनसान छ । सौराहाका निजी हात्ती सञ्चालन गर्ने सामूहिक सहकारी युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी पर्यटकको पर्खाइमा रहेको बताउनुहुन्छ । उहाँका अनुसार अहिले दैनिक १०/१५ हात्तीले मात्र पर्यटक बोक्ने अवसर पाएका छन् । ६५ बाट घटेर हात्तीको सङ्ख्या ३२ मा झरेको छ ।

विगत चार वर्षअघिसम्मको अवस्थालाई स्मरण गर्दै तिवारीले भन्नुभयो, “यतिबेला हाम्रा ६५ हात्तीले दैनिक चार ट्रिप गर्दा पनि पर्यटकले पालो पाउँदैनथे । अहिले १०/१५ वटाभन्दा बढी हात्तीले एक ट्रिप पनि पाएका छैनन् ।”

आफूहरु पर्यटकको आगमन हुनेमा आशावादी रहेको तिवारी बताउनुहुन्छ । क्रमशः पर्यटक बढ्नेमा उहाँ विश्वस्त हुनुहुन्छ । राप्ती किनारस्थित होटल सनसेटभ्यूका सञ्चालक दिपेन्द्र खतिवडा विगतमा दैनिक एक सयभन्दा बढी पर्यटक दैनिक रेष्टुरेन्टमा आउने भए पनि अहिले २० जना पनि पुग्न मुस्किल हुने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “ग्राहक नै कम हुन्छन् । त्यसमा पनि पहिले जस्तो खर्च गर्ने अवस्था देखिँदैन ।” पहिले पहिले मन फुकाएर ग्राहकले खर्च गर्ने गरेको भन्दै खतिवडाले अहिले त्यस्तो अवस्था नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कोभिड–१९ को असर बल्ल देखिएको जस्तो लाग्छ ।”

क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे घुम्ने समय परिवर्तन भएको आँकलन गर्नुहुन्छ । दसैँमा मात्र नभएर अन्य समयमा घुम्न थालेकाले यतिबेला सोचे जस्तो पर्यटक नआएको हुनसक्ने उहाँ बताउनुहुन्छ । घिमिरेले भन्नुभयो, “नेपाली मात्र होइन विदेशी पनि आएका छैनन् ।” सडकको दुरावस्थाले पर्यटकलाई रोकेको हुनसक्ने उहाँको अनुमान छ ।

जङ्गल क्राउनका कार्यकारी प्रमुख सन्तोष गिरी कोभिड–१९ का वर्षमा जति पर्यटक यो वर्ष सौराहामा नआएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कोभिडको वर्ष दसैँमा खुल्दै गर्दा होटल भरिएका थिए ।” यसले राम्रो सङ्केत नदेखिएको उहाँको भनाइ छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दिपक भट्टराई सौराहामा आन्तरिक र बाह्य पर्यटक नआएको बताउनुहुन्छ ।

भट्टराईको भनाइमा यतिबेला होटल ८० देखि ९० प्रतिशत भरिन्थे । यस वर्ष ३० प्रतिशतसमेत पुगेका छैनन् । तिहारसम्म राम्रो हुने अपेक्षा उहाँले गर्नुभयो । कोभिड–१९ को समयमा भन्दा कम पर्यटक सौराहा आएपछि व्यवसायी चिन्तित छन् । भट्टराईले भन्नुभयो, “हाम्रो अवस्था श्रीलङ्काकोभन्दा कम छैन । खर्च गर्ने पैसा नभएर यस्तो अवस्था आएको हो भन्ने मलाई लाग्छ ।”

विगतमा यतिबेला सबै कर्मचारी होटलमा हुन्थे । यस वर्ष बिदा दिनुपरेको भट्टराईको गुनासो छ । उहाँले भन्नुभयो, “अहिले हामीले कर्मचारीलाई बिदा पठाउन थाल्यौँ । विगतमा यस्तो थिएन । होटलमा पर्यटक आए आउने गरी बिदा गरेका हाँै ।” आफूहरु तयारी अवस्थामा रहेको उहाँ बताउनुहुन्छ । सौराहामा एक सय २० होटल क्षेत्रीय होटल सङ्घमा आबद्ध छन् । सङ्घमा दर्ता नभएका अरु साना होटल पनि छन् । भट्टराईका अनुसार सौराहाका होटलमा आठ हजार पर्यटक अट्नसक्ने क्षमता छ ।रासस