११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

एमालेलाई चुनावमा हार्ने छुट छैनः उपमहासचिव गुरुङ

एमालेलाई चुनावमा हार्ने छुट छैनः उपमहासचिव गुरुङ
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले देशमा राजनीतिक अस्थिरता अन्त्य, विकास र समृद्धिको लागि निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार गठन हुनुपर्ने बताएका छन् ।

शनिबार नेकपा एमाले तनहुँ–काठमाडौँ सम्पर्क मञ्चद्वारा आयोजित विजया दशमी, दिपावली, छठ लगायतका चाडपर्वको शुभकामना आदान प्रदान तथा निर्वाचन केन्द्रीत कार्यक्रमलार्य सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

पाँच दलीय गठबन्धनलाई अप्राकृतिक गठबन्धनको संज्ञा दिँदै प्रचार विभाग प्रमुख समेत रहेका गुरुङले एक्लै–एक्लै लड्ने क्षमता नभएर गठबन्धन बनी एमालेविरुद्ध चुनावमा होमिएको पनि बताए ।

उनले भने ‘यो अप्राकृतिक गठबन्धन एमालेसँग वान टु वान लड्ने क्षमता राख्दैन । एमालेसँग डराएर गठबन्धनलाई निरन्तरता दिँदै चुनावमा जाँदैछ । तसर्थ, देश विकास र सुखी नेपाल समृद्ध नेपालीको नारा साकार पार्न चुनावमा एमालेको जित आवश्यक छ । एमालेले हार्यो भने देश हार्छ ।’

यस्तै, फरक प्रसंगमा उपमहासचिव गुरुङले राजनैतिक आदर्शमा आएको बिचलनले बालेनहरु जन्मिएको बताए । कुनैपनि देशमा एक्लै कसैले पनि विकास गर्न सम्भव नभएको बताउँदै नेतृत्व र पार्टीप्रती विश्वस्त रहेर आत्मविश्वासका साथ चुनावमा होमिन कार्यकर्तालाई आग्रह समेत गरे ।

आगामी निर्वाचनमा एमालेले ५५ देखि ६० सिट ल्याउने दाबी गर्दै उनले पार्टीभित्र अन्तरघात गर्नेहरुलाई ज्यान मार्ने उद्योग भन्दा ज्यानै मारेको सम्मको सजाय जस्तै अतरघातको अभियोग लगाएर पार्टीबाट निष्कासन समेत गरिने चेतावनी समेत दिए ।

तनहुँ–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष बुद्धिराज मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई नेकपा एमाले केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाका सांसद भगवती न्यौपाने, केन्द्रीय सदस्य कल्पना थापा, अनुशासन आयोगकी सदस्य शान्तीदेवी खनाल, प्रतिनिधिसभाका सांसद एवं एमाले तनहुँका पूर्वअध्यक्ष केदार सिग्देल, गण्डकी प्रदेश सभा सदस्य राम बहादुर गुरुङ लगायतले सम्बोधन गरेका थिए ।