२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेलाई चुनावमा हार्ने छुट छैनः उपमहासचिव गुरुङ



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले देशमा राजनीतिक अस्थिरता अन्त्य, विकास र समृद्धिको लागि निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार गठन हुनुपर्ने बताएका छन् ।

शनिबार नेकपा एमाले तनहुँ–काठमाडौँ सम्पर्क मञ्चद्वारा आयोजित विजया दशमी, दिपावली, छठ लगायतका चाडपर्वको शुभकामना आदान प्रदान तथा निर्वाचन केन्द्रीत कार्यक्रमलार्य सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

पाँच दलीय गठबन्धनलाई अप्राकृतिक गठबन्धनको संज्ञा दिँदै प्रचार विभाग प्रमुख समेत रहेका गुरुङले एक्लै–एक्लै लड्ने क्षमता नभएर गठबन्धन बनी एमालेविरुद्ध चुनावमा होमिएको पनि बताए ।

उनले भने ‘यो अप्राकृतिक गठबन्धन एमालेसँग वान टु वान लड्ने क्षमता राख्दैन । एमालेसँग डराएर गठबन्धनलाई निरन्तरता दिँदै चुनावमा जाँदैछ । तसर्थ, देश विकास र सुखी नेपाल समृद्ध नेपालीको नारा साकार पार्न चुनावमा एमालेको जित आवश्यक छ । एमालेले हार्यो भने देश हार्छ ।’

यस्तै, फरक प्रसंगमा उपमहासचिव गुरुङले राजनैतिक आदर्शमा आएको बिचलनले बालेनहरु जन्मिएको बताए । कुनैपनि देशमा एक्लै कसैले पनि विकास गर्न सम्भव नभएको बताउँदै नेतृत्व र पार्टीप्रती विश्वस्त रहेर आत्मविश्वासका साथ चुनावमा होमिन कार्यकर्तालाई आग्रह समेत गरे ।

आगामी निर्वाचनमा एमालेले ५५ देखि ६० सिट ल्याउने दाबी गर्दै उनले पार्टीभित्र अन्तरघात गर्नेहरुलाई ज्यान मार्ने उद्योग भन्दा ज्यानै मारेको सम्मको सजाय जस्तै अतरघातको अभियोग लगाएर पार्टीबाट निष्कासन समेत गरिने चेतावनी समेत दिए ।

तनहुँ–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष बुद्धिराज मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई नेकपा एमाले केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाका सांसद भगवती न्यौपाने, केन्द्रीय सदस्य कल्पना थापा, अनुशासन आयोगकी सदस्य शान्तीदेवी खनाल, प्रतिनिधिसभाका सांसद एवं एमाले तनहुँका पूर्वअध्यक्ष केदार सिग्देल, गण्डकी प्रदेश सभा सदस्य राम बहादुर गुरुङ लगायतले सम्बोधन गरेका थिए ।